अपडेट, पहिरोले ट्रक र कार पुरियो, ३ को मृत्यु « Himal Post | Online News Revolution
Logo

अपडेट, पहिरोले ट्रक र कार पुरियो, ३ को मृत्यु



 

 

पाल्पा, ७ असोज ।सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा सडक खण्डमा शनिबार बिहान खसेको पहिरोले ट्रक र कार पुर्दा तीन जनाको मृत्यु भएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको सिद्धबाबा सडक खण्डमा शनिबार बिहान खसेको पहिरोले ट्रक र कार पुरि“दा तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मृत्यु हुने कार चालक गुल्मी बलेटक्सारका २४ वर्षिय यमबहादुर ज्ञवाली, ट्रक चालक तिनाउ गाउ“पालिका, ५ का माधव राना र कारमा सवार रुरु गाउ“पालिका गुल्मीका ५१ वर्षिय तिलकराम भण्डारी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

सोही दुर्घटनामा परी रुरु गाउ“पालिकाकी ४२ वर्षिय राधिका भण्डारी रहेको प्रहरीले जनाएको छ । राती १ बजे खसेको पहिरो हटाएर एकतर्फी सडक सुचारु भएको केहीबेरमै पुनः खसेको पहिरोले दुई सवारी साधन पुरिनुका साथै तीन जनाको ज्यान लिएको हो ।

ठूला ठूला ढुंगा सहितको खसेको पहिरोमा पुरिएका छन् । कार र ट्रक क्षत विक्षत बनेको छ । ट्राफिक प्रहरी प्रमुख प्रविण आचार्यले ठूलो ढुंगा सहितको पहिरोले लु १ च ७९९४ नम्बरको कार र ना ३ ख ६१९१ नम्बरको ट्रक पुरेको पुरेको जानकारी दिनुभयो ।