अमेरिकाको डाल्लासमा विनोद चौधरी सँग अन्तरक्रिया कार्यक्रम सम्पन्न - Himal Post Himal Post
  • ८ चैत्र २०७९, बुधबार
  •      Wed Mar 22 2023

अमेरिकाको डाल्लासमा विनोद चौधरी सँग अन्तरक्रिया कार्यक्रम सम्पन्न



 

गैर आवासीय नेपाली सङ्घ अमेरिकाको (एनआर एन) टेक्सस च्याप्टरको आयोजनामा हिजो डाल्लासमा प्रथम बिलेनियर नेपाली व्यापारी विनोद चौधरी सँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियो। कार्यक्रममा टेक्सस च्याप्टरका उत्तम लामिछाने सभापति थिए। स्टेट च्याप्टर का अध्यक्ष ले सभापतित्व गरेको कार्यक्रम मा एनआर एन अमेरिका का केन्द्रीय उपाध्यक्ष ले कार्यक्रम सञ्चालन गरेको देख्दा एनआर एन अमेरिका ले कार्यक्रम गर्न सिक्न धेरै बाँकी रहेको प्रस्ट हुन्थ्यो।

dalas

समाजसेवी बाशु भण्डारी ले स्वागत गर्नु भएको उक्त कार्यक्रम मा चलचित्र कर्मी शैलेश आचार्य तथा नारायण पुरी ले चौधरी को जीवनमा सिनेमा तथा रंगमंच क्षेत्र मा गर्नु भएको योगदान को चर्चा गर्नुभयो। कार्यक्रम एनएसटी अध्यक्ष कृष्ण लामिछानेले पनि मन्तव्य दिनुभएको थियो।

मान्छे धेरै उपस्थित भए पनि कमजोर तयारी र गर्न कै लागी गर्न मात्र कार्यक्रम गरेको जस्तो देखिन्थ्यो। तयारी नपुगेर हो या नजानेर जताभावी गराइएको आषण ग्रहण ले कार्यक्रम भद्दा बनाएको थियो। आयोजक एनआर एन का एक बोर्ड ऑफ डाइरेक्टर ले फेसबुक मार्फत कार्यक्रम प्रति ठुलै असन्तुष्टी व्यक्त गर्नुभयो।

dalas2

सफलताको सूत्र सिक्ने ठुलो आशा गरेर विनोद चौधरी को कुरा सुन्न झन्डै एक घण्टा ढिलो सुरु भएको कार्यक्रम सुन्न बसेका दर्शक नयाँ कुरा नसुनाएपनि पुरानै कुरा भए पनि लाइभ सुन्न पाउँदा रमाएर सुने।

व्यापारी चौधरी ले पनि उही अन्तै भाषण गरिसकेका युट्युब र फेसबुक मा धेरै पटक शेयर भइसकेका आफ्ना तीन कथा सुनाए। सपना दिउसो देख्न र सो सपनालाई पच्छ्याउन सबैलाई सफलताको सूत्र को रूपमा व्याख्या गरे। अनि अमेरिका मा वाइवाई चाउचाउ फ्याक्ट्री खोल्ने तथा अमेरिकी भेञ्चर क्यापिटल मा नेपाली व्यापारी पनि समाहित हुने तयारी अन्तिम तिर पुगेको जानकारी समेत गराए।

dalas3

कार्यक्रम मा विनोद चौधरी को आत्मकथा पुस्तक को मूल्य नेपाली रुपैयाँ ४२५ भए पनि सबैलाई सहयोग गर्न अनुरोध गर्दै डलर २० ले बिक्री गरिएको थियो। नेपाली मन्दिर टेक्सस को अर्भिंगमा रहेको सभाहलको अस्ति शनिवार साँझ अगष्ट २० मा उक्त कार्यक्रम गरिएको हो।

फोटो: बेदराज बस्नेत, लेखनाथ गौतम

बिआरटी नेपालबाट साभार