असहाय बालबालिकाको शिक्षाको लागि पुराण कार्यक्रम - Himal Post Himal Post
  • २५ जेष्ठ २०८०, बिहीबार
  •      Thu Jun 8 2023
Logo

असहाय बालबालिकाको शिक्षाको लागि पुराण कार्यक्रम



साउथ अस्ट्रेलियाको सल्स्बरीमा तीन दिने पुराण प्रवचन कार्यक्रम सम्पन्न भएको छ। शिक्षा र सशक्तिकरण मार्फत न्यायको खोजी भन्ने उद्देश्य सहित सन् २०१० मा स्थापना भएको पुण्य फाउन्डेसनले पुराण कथा प्रवचन , संस्कृतिक झाकी , भजन नृत्य लगायतका कार्यक्रमहरु सहित आध्यात्मिक कार्यक्रम आयोजना गरेको हो। नेपालमा गएको बिनासकारी भुकम्प बाट अभिभावक गुमाएर अनाथ- असाहय बनेका बालबालिका साथै गरिबीको चपेटाले गर्दा पढ्न बाट बन्चित भएका अफ्रिकी मुलुक इथोपियाका बालबालिकाको शिक्षामा सहयोग गर्नको लागि उक्त कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा सामुदायिक तथा सामाजिक समाबेशीकरण, बहुसंस्कृतिक मामिला, सामाजिक आबास,युबा,स्वयम सेबक तथा जेष्ठ नागरिक मन्त्रालय हेर्ने मन्त्रि जोइ बेटिसन, सल्स्बरी सिटी काउन्सिलका प्रतिनिधि लगायत समुदायका जेष्ठ नागरिकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

१२ अगस्त देखि १४ अगस्त सम्म चलेको उक्त कार्यक्रम बाट संकलित रकम अधिकाररहित आम बालबालिकाहरुलाई सशक्तिकृत गराउने सस्थाको लक्ष्यमा प्रयोग गरिने सस्थापक निर्देशक डा.लक्ष्मी प्रसाद ढकालले बताए। तेस्रो देश पुनर्बासको क्रममा विभन्न देशमा छरिएका नेपाली भाषी भुटानीहरुले स्थापना गरेको उक्त फाउन्डेसनले गरेको कार्यक्रमहरुको बारेमा बताउदै ढकालले भन्छन ” पुण्य फाउन्डेसनले स्थापना भए पछि २५० भन्दा बढी बिद्यार्थीहरुलाई छात्रबवृति प्रदान गरेको छ त्यसैगरी सशक्तिकरणको नारा अन्तर्गत नेपाल र अफ्रीकामा गरि लगभग १४० जना महिलाहरुलाई शास्कतिकरणका कार्यक्रमहरु समाबेश गर्न सक्षम भएको छ।”

पुण्य फाउन्डेसनले भूटानमा प्रजातन्त्र र मानवअधिकार प्राप्तिको संघर्षमा धेरै व्यक्तिहरुले गरेको त्यागको मूल्यांकन गर्दै संसारभरि छरिएका शहीदहरुका परिवारजनहरुलाई शिक्षा र सशक्तिकरणमार्फत न्यायको खोजीको लागि सांकेतिक सहयोग गर्दै आएको छ |