आज विश्व आत्महत्या रोकथाम दिवस मनाईंदै « Himal Post | Online News Revolution
Logo

आज विश्व आत्महत्या रोकथाम दिवस मनाईंदै



२५ भदौं – आज विश्व आत्महत्या रोकथाम दिवस, विभिन्न सचेतनामूलक कार्यक्रमका साथ मनाईंदैछ । प्रत्येक वर्ष १० सेम्टेम्वरमा आत्महत्या रोकथाम दिवस मनाइन्छ ।

नेपाल सहित विश्वका धेरै देशमा आत्महत्या गर्नेको संख्या बढ्दै गएपछि यसको रोकथाममा चुनौती बढ्दै गएको छ । विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार विश्वमा हरेक वर्ष ८ लाख मानिसले आत्महत्या गर्ने गरेका छन् ।

जसमध्ये सरदर ४० सेकेण्डमा एक व्यक्तिको ज्यान जाने गरेको छ । तथ्याङ्क अनुसार विश्वमा गैर कानुनी अपराधबाट भन्दा आत्महत्या गर्नेको संख्या बढ्दै गएको पाइएको छ ।

मुख्य गरी मनसिक तनाव, ब्यक्तिगत असफलता, किशोर किशोरीमा बढ्दो निराशा, सामाजिक उत्पिडन, असफल प्रेम सम्वन्ध जस्ता कारणले समाजमा आत्महत्या हुने गरेको विभिन्न अध्ययनहरुको निष्कर्ष छ ।

प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका अनुसार आर्थिक वर्ष २०७२ र ७३ मा चार हजार ६सय७३ वटा आत्महत्याका मुद्दा दर्ता भएका छन् ।