आर्थिक समृद्धिको नेतृत्व काग्रेसले मात्र गर्न सक्छः नेता खाण « Himal Post | Online News Revolution
Logo

आर्थिक समृद्धिको नेतृत्व काग्रेसले मात्र गर्न सक्छः नेता खाण



पूर्वमन्त्री बालकृष्ण खाणले आर्थिक समृद्धिको नेतृत्व काग्रेसले मात्र गर्न सक्ने बताउनु भएको छ ।
श्री बहुउद्धेश्यीय सहकारी संस्था तिलोत्तमा मणिग्रामको साधारण सभामा बोल्दै नेता खाणले आर्थिक रुपमा पछाडि परेका बर्गहरुलाई समेट्न सके सहकारीको मर्म पुराहुने बताउनुभयो ।
उहाले सहकारीले आम जनतालाई आर्थिक स्तर उन्नतिमा मद्दत गरेको बताउदै सहकारीले आर्थिक विकासमा टेवा पु¥याइ सम्पत्ति आर्जनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
सहकारीका अध्यक्ष किशोर सुबेदीको अध्यक्षतामा भएको कार्यक्रममा यम बहादुर खत्री,चेतनारायण भटटराई,धर्मादेबि न्यौपाने, बिजेश न्यौपाने, गणेश पाठक लगाएतले बोल्नुभएको थियो ।