सुरु भयो नेपाल–भारत प्रबुद्ध समूह बैठक « Himal Post | Online News Revolution
Logo

सुरु भयो नेपाल–भारत प्रबुद्ध समूह बैठक



असोज २१ – नेपाल–भारत प्रबुद्ध समूह (इपिजी)को पाँचौँ बैठक आजदेखि काठमाडौंमा शुरु भएको छ । काठमाडौंमा चलिरहेको बैठकमा नेपाल–भारत सीमा व्यवस्थापनको बारेमा छलफल भैरहेको नेपाली पक्षले जनाएको छ ।

बैठकमा नेपाल भारत शान्ति तथा मैत्री सन्धि १९५०, जलस्रोत क्षेत्रमा भएका सन्धि सम्झौता, व्यापार तथा पारवहन क्षेत्रमा भएका सम्पूर्ण सन्धि सम्झौतामा बुँदागत छलफल गर्ने नेपालको तयारी छ । २०७२ सालमा गठन भएको इपिजी बैठक नेपाल र भारतमा पालैपालो हुदै आएको छ ।

नेपाल भारत बीच रहेका सम्पूर्ण सन्धि सम्झौताको समीक्षा गरि प्रतिवेदन बुझाउन इपिजीलाई दुई वर्षको समय दिइएको छ । इपिजीले साझा प्रतिवेदन दुवै देशको सरकारलाई बुझाएपछि त्यसकै आधारमा सन्धिसम्झौता संशोधन र पुनरावलोकनको प्रक्रिया अघि बढाइने समुहका सदस्यहरुले बताएका छन् । इपिजीमा नेपाल र भारतका चार चारजना सदस्य छन् । बैठकमा सहभागी हुन भारतीय टोली हिजै काठमाडौ आइपुगेको छ ।