गरे के हुदैन नेपालमा ! विदेश नै जानु पर्छ भन्ने कहाँ लेखेको छ र ? - Himal Post Himal Post
  • ८ चैत्र २०७९, बुधबार
  •      Wed Mar 22 2023

गरे के हुदैन नेपालमा ! विदेश नै जानु पर्छ भन्ने कहाँ लेखेको छ र ?



काठमाडौ र ललितपुर पुरै घुम्नु भयो भने एउटा नाम कमन देख्नु हुन्छ, र स्वाद पनि ।यसको नाम हो लुम्बिनी तन्दुरी यो स्वाद इन्डियन हो तर केही दशक अगाडि देखि व्यापक रूप मा नेपाली समुदाय मा कब्जा जमाएको छ, प्रत्यक सहर मा तन्दुरी रोटी को स्वाद चाख्न पाइन्छ तर काठमाडौ मा यसको कथा फरक छ। फरक नाम भएका तन्दुरी व्यवसाय पनि छन् तर नगन्य र अर्को आश्चर्य को कुरा के छ भने जहाँ लुम्बिनी तन्दुरी लेखेको बोर्ड छ त्यहाँ भिड गजबको पाउनु हुन्छ।

यस्तै ललितपुर को जावलाखेल मा ॐ लुम्बिनी तन्दुरी भोजनालय छ जहाँ गजबको स्वाद पाउने ग्राहक बताउछन।
अर्घाखाँची बासी तीन युवाले यो व्यवसाय सन्चालन गरिरहेका छन् जीवन, दीपक, र रमेश। लामो समय कोरिया बसेर फर्केका जीवन भट्टराई स्वोदेसमै केही गर्न सकिन्छ भनी विगत ७ वर्ष देखि ॐलुम्बिनी तन्दुरी सन्चालन गरेको बताउँछन्, कलकलाउदो उमेर का दीपक भुसाल र रमेश भुसाल पनि विदेश गएर अरू को काम गर्नु भन्दा आफ्नै देश मा केही गरौँ भनी व्यवसाय सुरु गरेको बताउँछन्। पैसा कमाउन विदेशमै जानुपर्छ भन्ने छैन, सानो लगानी र ठुलो लगनशीलता भए नेपालमै राम्रो आम्दानी गर्न सकिन्छ। ढावा मा काम गर्ने, रोटि बनाउने, किचन मा काम गर्नेहरुको विदेशमा पनि राम्रो डिमान्ड छ, त्यही काम सिकेका केही मान्छे जापान पनि गए, युएइ गए, कति मलेसिया गए, उनीहरू जाँदा हाम्रो मन खिन्न हुन्छ जीवन भन्छन्, जे होस यो एउटा प्रतिनिधि व्यवसाय हो।

तिनै जना मिलनसार र नम्र छन्। एसो हेर्दा २५,३६ वर्षका लाग्ने रमेश र दीपक दुई भाइ हुन, जीवन चाहिँ अभिभावक,
खुल्ला ठाउँ भएकाले पनि लामो समय सम्म ग्राहक रमाउछन यहाँ, एक पटक आएको ग्राहक फर्की फर्की आउछन यसै मा खुसी छौँ दीपक भुसाल ले हिमालपोस्ट सँग कुरा गर्दै भने,

हो हामी पनि फरक तरिका ले सोंच्यौं भने सांच्चिकै नहुने केही छैन यो एउटा उदाहरण मात्र हो यसै गरी मेहनत गर्ने हो भने नेपाल मै पनि धेरै गर्न सकिन्छ, विदेश मा पनि कामै नगरी आउने होइन, त्यो काम आफ्नै देश मा गरे देश लाई पनि र आफू लाई पनि राम्रै हुन्छ। सोंच बदलौ सबै बदलिन्छ