तान्जानियामा ५.७ रेक्टरको भूकम्प, ११ को मृत्यु « Himal Post | Online News Revolution
Logo

तान्जानियामा ५.७ रेक्टरको भूकम्प, ११ को मृत्यु



२६ भदौ, काठमाडौं । तान्जानिया भूकम्प गएको छ । तान्जानियाको उत्तर पश्चिम क्षेत्रमा आएको ५.७ रेक्टर स्केलको भूकम्पका कारण ११ जनाको मृत्यु भएको छ ।

भूकम्प यूगान्डा तथा रवाडाको सीमा क्षेत्र नजिकको लेक विक्टोरियामा गएको थियो ।  भूकम्पका कारण तान्जानियामा करिब दुई सयभन्दा धेरै मानिस घाइते भएका छन् ।

अमेरिकी भौगर्भिक सर्भेले भूकम्प ५.७ रेक्टरको रहेको र जमिनको सतहभन्दा १० किलोमिटर तलरहेको जनाएको छ ।

सामाजिक सञ्जालहरुमा आएका तस्वीर अनुसार ६० हजार जनसंख्या रहकेो बुकोबा शहरमा धेरै नोक्सान पुगेको छ ।

तान्जानिया भूकम्पको झट्का छिमेकी देश केनिया, यूगाण्डा, रवांडा तथा बुरुन्डीमा समेत महसूस गरिएको थियो ।