दाङको गढवामा ट्याक्सी दुर्घटना, एकजनाको मृत्यु « Himal Post | Online News Revolution
Logo

दाङको गढवामा ट्याक्सी दुर्घटना, एकजनाको मृत्यु



दाङ, असोज ४ – ब्रेक फेल भइ  ट्याक्सी दुर्घटनामा हुँदा दाङको गढवामा एक बालिकाको ज्यान गएको छ । दुर्घटनामा गढवा गाउँपालिका–६ खवरीकी ६ वर्षिया लक्ष्मी सार्कीको ज्यान गएकोे ईलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।

गढवाबाट खवरीका लागि छुटेको रा १ ज ३३ नम्बरको ट्याक्सी खवरी खोला नजिक रहेको वेदीमा  दुर्घटना भएको हो । बालिकाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।