नारायणगढ–मुग्लिन सडकखण्डमा २ वर्षभित्र १८ नयाँ पुल बन्दै « Himal Post | Online News Revolution
Logo

नारायणगढ–मुग्लिन सडकखण्डमा २ वर्षभित्र १८ नयाँ पुल बन्दै



असोज १३ – नारायणगढ–मुग्लिन सडकखण्डमा आउँदो २ वर्षमा १८ वटा नयाँ पुल बनाइने भएको छ । नारायणगढ मुग्लिन सडक खण्डमा अहिले रहेका पुल साँघुरा र जीर्ण छन् ।

सडक विभागको वैदेशिक महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठका अनुसार ४ वटा पुलको आउँदो एक महिनाभित्र ठेक्का सम्झौता हुने छ । उहाँका अनुसार बोलपत्र भइसकेका ती पुलको ठेकेदार चयनपछि निर्माणको काम अघि बढ्ने छ ।

अरु १४ पुलका लागि नक्शांकनको काम भइरहेको छ । ठेक्का भइसकेका चार पुलमा दासढुंगा, खानी पुल, मौरी पुल र जलबिरे छन् । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनीयर शिव खनालका अनुसार नारायणगढ मुग्लिन सडकमा अहिले रहेका पुल ६ मिटरमात्रै चौडा छन् ।

पुलको दुवैपट्टि डेढ मिरटको फुटपाथ रहने छ । पुल बनाउन झण्डै १ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । यसमध्ये आधा रकम सरकारले तथा आधा रकम विश्व बैंकले लगानी गर्ने छन् । विश्व बैंककै लगानीमा अहिले मुग्लिन नारायणगढ सडक विस्तारको काम भइरहेको छ ।