माओवादी केन्द्र पराजयमा असुरक्षाको आतङ्क « Himal Post | Online News Revolution
Logo

माओवादी केन्द्र पराजयमा असुरक्षाको आतङ्क



नारायण खनाल

फेरी अहिले माओवादी केन्द्रको एउटा ऐतिहासिक महत्वको बैठक बसिरहेको छ । पार्टीले तेस्रो ठूलो पार्टिको तर्फबाट देशलाई जुन अभिभावकत्व प्रदान गर्यो र सरकारको नेतृत्व गर्दा जनताको पक्षमा जति पहल लियो त्यसको आधारमा जनमत देखिएन किन ? यो अहिलेको सबैको साझा र केन्द्रिय प्रश्न हो यसका उत्तरहरु फरक फरक छन र धेरै बुँदामा बैठकमा अभिब्यक्त भयका छन ।

कतै संगठनमा समस्या देखाउन खोजिएको छ त कतै आन्तरिक गुटबन्दीमा, कतै बर्गियताको पक्षधरतामा खोट देखाउन खोजिएको छ त कतै प्रचारप्रसार गर्न नसकिएको उल्लेख गरिएको छ । यी सबै बुँदा आंशिक कारण भयपनी प्रमुख कारण भने होइनन् । मेरो दृष्टिकोणमा प्रमुख कारणमाथी बैठकमा छलफल केन्द्रीत नै भयन ।

के २०६४ को चुनावमा कांग्रेस र एमाले बाट लाखौं जनता माओवादीमा प्रवेश गरेका थिए ? के ०६४ पछि माओवादी बाट लाखौं जनता एमाले कांग्रेसमा प्रवेश गरेका हुन ? के ०७० पछि माओवादी केन्द्रले देशका राजनीक एजेन्डाको नेतृत्व गर्न नसकेको हो ? के एमाले र कांग्रेसका संगठनहरु चुस्त र हाम्रा मात्र भद्रगोल हुन ? के कांग्रेस एमालेमा आन्तरिक अन्तरबिरोध छैन ? के एमाले र कांग्रेसमा माओवादी केन्द्रमा भन्दा राष्ट्रको नेतृत्व गर्न सक्ने बिश्वसनिय नेतृत्व छ ? के माओवादी केन्द्रका कार्यकर्ता एमाले कांग्रेसका भन्दा खराब छन् ? यी सबै प्रश्नको उत्तर होइन र छैनमा प्राप्त हुन्छ । त्यसो हो भने २०६४ मा हामी सँग के त्यस्तो जादुको छडी थियो र चुनाव जित्यौ जुन छडी अहिले एमाले र कांग्रेसको हातमा पुग्यो । त्यो जादुमय करिश्मा हो पार्टिका नेता र मुख्यतया कार्यकर्ताको गतिको तिब्रता ।

जुन समयमा हाम्रो पार्टीका कार्यकर्ताको गतिको तिब्रता बढी थियो त्यो समयमा हामीले जित्यौ र जब हाम्रा कार्यकर्ताको गतिको तिब्रता घट्दै गयो र एमाले कांग्रेसका कार्यकर्ताको गतिको तिब्रता बढ्दै गयो हाम्रा पराजयका दिनहरू सुरु भए । त्यसो भय हाम्रा पार्टीका कार्यकर्ताको गतिको तिब्रता के कारणले एमाले र कांग्रेसका कार्यकर्ताको भन्दा कम छ ? यो बिषयमा बैठकमा गम्भीर समिक्षा हुन जरुरी छ ता कि बैठक अरु झारा टार्ने सैद्धान्तिक र अनुभवबादी बिषयमा नअल्झियोस । कसैलाई लाग्ला हामी फुट्यौ जसको कारण हाम्रो नतिजा खस्क्यो ।
यसले हाम्रो गतिमन्दता हुनमा मद्दत चाहिँ पुर्याएको हो अर्थोक धेरै होइन । पछिल्लो समयमा माओवादी घटकहरु बिचको एकता पछि हिसाब गर्नुस २०६४ पछि हाम्रोबाट चुईटिएर गएकाको भन्दा अन्य राजनीतिक धाराहरुबाट हाम्रोमा समाहित हुने वा एकीकृत हुनेको संख्या नै धेरै छ । कमरेड लालध्वजले कार्यकर्ता भन्दा पनि जनमत धेरै लैजानु भो कि भन्दा त्यस्तो नतिजा उहाँको पनि देखिएन । तसर्थ हाम्रो पराजयको प्रमुख कारण पार्टीका कार्यकर्तामा भएको गतिमन्दता अर्थात गतिको तिब्रतामा आएको ह्रास हो ।

अब प्रश्न उठ्छ यस्तो गतिमन्दता के कारण भयो त ? यसको उत्तर असाध्यै सरल छ तर सुधार गर्न कठिन पनि, त्यो हो कार्यकर्तामा ब्याप्त असुरक्षाको आतंक । आर्थिक सुरक्षाको त कुरै छाड्नुस अहिले पार्टीले कार्यकर्तालाई राजनीतिक र सामाजिक सुरक्षा प्रदान गर्न सकेको छैन । अब विपक्षीले पार्टी कार्यकर्ताको आर्थिक सुरक्षाको सम्म ग्यारेन्टी गर्छन जबकी हामिले सामाजिक र राजनीतिक सुरक्षा सम्म प्रदान गर्न सकेका छैनौ । अनि कसरी पैदा होस त गति ? २०६४ साल ताक मलाई राम्रोसँग थाहा छ, मलाई मात्र होइन माओवादी धाराका हरेक नेता कार्यकर्ता लाई थाहा छ म भन्ने पात्र पार्टिमा समाहित हुन्थ्यो ।

पार्टीका प्रत्येक कार्यकर्तालाई बिश्वास थियो कि उसको हरेक सुखदुःखमा पार्टिले उसलाई साथ दिन्छ । तर आज सोध्नुस ७५ जिल्लामा प्रतिनिधित्व मुलक तथ्यांक लिनुस सयमा उनान्सय प्रतिशत कार्यकर्ता लाई बिश्वास छैन कि उनीहरुको सुखदुःखमा पार्टीले साथ दिन्छ । होलान् एक प्रतिशत जसको उपल्लो तहमा राम्रो पहुँच वा हाडनाता पर्ने नातेदार छन् । अन्यथा आम कार्यकर्ता पंक्तिमा त्यो हिजोको बिश्वास माथी १० रेक्टरको भुकम्प गएको छ र क्षतबिक्षत बनाएको छ । यदि पार्टीलाई एकनम्बरको बनाएर देश र जनताको सेवा गर्ने हो भने क्षतबिक्षत भएको बिश्वासलाई नवनिर्माण गर्न पार्टी अध्यक्ष र सचिवालयका कमरेडहरु आत्मबल र आत्मबिश्वास पैदा गरेर ब्याबहारबाट पुष्टि गर्ने गरि फिल्डमा आउनुहोस् ताकी सन्निकट संसदीय र त्यसपछि आउने चुनावपछिका बैठकमा पराजयको समिक्षा भन्दा बिजय र प्रगतिको अनुभव बाड्न सकियोस । इतिहासमा घटित घटनामाथि निर्मम समिक्षा गर्दै सुनौलो भबिस्य निर्माणको दिशामा अगाडि बढौँ ।