संघीय समाजवादी फोरमका उपमहासचिव साहद्वारा पार्टी परित्यागको घोषणा « Himal Post | Online News Revolution
Logo

संघीय समाजवादी फोरमका उपमहासचिव साहद्वारा पार्टी परित्यागको घोषणा



असोज १७ – संघीय समाजवादी फोरम नेपालका उपमहासचिव एवं कपिलवस्तु क्षेत्र नम्बर ५ का सांसद अभिषेक प्रताप साहले आफ्नो पदबाट मंगलबार राजीनामा दिनुभएको छ ।

नेपाल प्रेस यूनियनले तौलिहवामा गरेको पत्रकार सम्मेलनमा फोरम नेता साहले मधेस र मधेसी नागरिकको हितमा पार्टी नेतृत्वले काम गर्न नसकेको र सधैँ सत्ताको लोभमै अल्झिएको भन्दै बाध्य भई पार्टी छोड्नु परेको बताउनुभयो ।

उहाँले पार्टी नेतृत्वले मधेसलाई २ नम्बर प्रदेशमा मात्रै सीमित गरेको, पार्टीबाट समानुपातिक सांसद बनाउँदा ठूलो रकम लिने गरेको, मधेस आन्दोलनबाट पार्टी नेतृत्वमा रहेका मधेसी नेताले अकुत सम्पत्ति कमाएको आरोप समेत लगाउनुभयो । नेता साह चाडै नै नेपाली कांग्रेसमा प्रवेश गर्ने तयारीमा रहेको उहाँ निकट स्रोतले जनाएको छ ।