सक्रिय युवा मञ्च रुपन्देहीको रक्तदान « Himal Post | Online News Revolution
Logo

सक्रिय युवा मञ्च रुपन्देहीको रक्तदान



बुटवल, असोज १ । ‘समृद्ध समाज युवा पहिचान, सम्मुनत राष्ट्र हाम्रो अभियान’ भन्ने मुल नाराका साथ सक्रिया युवा मञ्च रुपन्देहीको आयोजनामा आईतबार रक्तादान कार्यक्रम गरिएको छ । रक्त सञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा मञ्चका अध्यक्ष मुक्तिराज पौडेलको अध्यक्षता रहेको थियो । मञ्चका महासचिव युवराज पौडेलको स्वागत रहेको कार्यक्रममा सचिव माधव भुषालको सञ्चालन रहेको थियो । समाजले पहिलो पटक रक्तदान कार्यक्रम आयोजना गरको जानकारी दिदै अध्यक्ष न्यौपानेले आगामी दिनमा थप सामाजिक कार्य गर्दै जाने जानकारी दिए । कार्यक्रममा कुल ३० जनाले रक्तदान गरेका थिए ।