सुतली बम, बारुदसहित गुल्मीमा जनप्रतिनिधि पक्राउ, अनुसन्धान जारी « Himal Post | Online News Revolution
Logo

सुतली बम, बारुदसहित गुल्मीमा जनप्रतिनिधि पक्राउ, अनुसन्धान जारी



गुल्मी, भदौ २५ – जिल्ला प्रहरी कार्यालय गुल्मीले सदरमुकाम तम्घासबाट कांग्रेसबाट वडा सदस्यमा निर्वाचित तारा श्रीसलाई विस्फोटक पदार्थसहित पक्राउ गरेको छ ।

रेसुङ्गा नगरपालिका–८, का तारा श्रीसको साथबाट विस्फोटक पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक गंगा बहादुर  थाापाले बताउनु भएको छ । श्रीस कांग्रेसबाट रेसुङ्गा नगरपालिका वडा नम्बर ८ मा नेपाली कांग्रेसको तर्फबाट वडा सदस्यमा निर्वाचित भएको प्रहरीले जनाएको छ ।

शनिवार राति प्रहरिले रेसुङ्गा नगरपालिका –२, अन्र्तगत चेकप्वाईन्टमा जाँच गर्ने क्रममा श्रीसको साथबाट विष्फोटक पदार्थ बरामद गरेको हो । बरामद गरिएका विस्फोटक पदार्थहरुमा ३३ थान एक्सपोलसिभ डेटोनेटर, चार थान सुतली बम, एक किलोग्राम बारुद र सेफ्टी फ्युजलगायतका विस्फोटक सामग्री रहेका छन् ।

प्रहरीले थप अनुसन्धानका लागि श्रीसलाई हिरासतमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक अनुराग कुमार द्धिवेदिले जानकारी दिनु भएको छ ।