सुनको भाउ तोलामा एक हजार रुपैँया घट्यो « Himal Post | Online News Revolution
Logo

सुनको भाउ तोलामा एक हजार रुपैँया घट्यो



असोज १७ – सुनको भाउ मंगलबार तोलामा एक हजार रुपैँया घटेको छ । दसैँपछि बजार खुलेको पहिलो दिन मंगलबार सुन तोलाको ५६ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

दसैँको बिदा सुरु हुनुअघि गएको मंगलबार सुन तोलाको ५७ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी पनि आज तोलामा २० रुपैयाँ घटेर तोलाको ७ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ । अन्तराष्ट्रिय बजारमा डलर मजमुत भएकाले सुनचाँदीको भाउ घटेको महासंघले जनाएको छ ।