बीस वर्षपछि हत्याका आरोपी पक्राउ « Himal Post | Online News Revolution
Logo

बीस वर्षपछि हत्याका आरोपी पक्राउ



रुपन्देही, असोज २२ – हत्या गरेर फरार भएको २० वर्षपछि रुपन्देहीमा एकजना आरोपी पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार तिलोत्तमा –१७, का मानवहादुर थारुलाई प्रहरीले पक्राउ गरेको हो । २०५४ सालमा गंगोलियाका रुदल यादवलाई गोली हानी हत्या गरी थारु फरार रहेको प्रहरीले बताएको छ ।

यस्तै प्रहरीले अवैध सामान भारतबाट नेपाल भित्र्याएको आरोपमा रुपन्देहीको सैनामैनाका ५२ वर्षका मिनबहादुर थापा र पोखराका ४२ वर्षका बिनोदकुमार गुप्तालाई पक्राउ गरेको जनाएको छ ।