१० मुख्य भन्सार कार्यालयमा कन्टेनर स्क्यानर एक्सरे मेसिन राख्ने « Himal Post | Online News Revolution
Logo

१० मुख्य भन्सार कार्यालयमा कन्टेनर स्क्यानर एक्सरे मेसिन राख्ने



३ भदौ, काठमाडौं ।  भन्सार विभागले चीन सरकाको सहयोगमा ९७ प्रतिशतभन्दा बढी व्यापार हुने १० मुख्य भन्सार कार्यालयमा कन्टेनर स्क्यानर एक्सरे मेसिन राख्ने तयारी गरेको छ ।

भन्सार जाँचपासलाई छिटोछरितो बनाउन तथा राजश्व छली र निषेधित बस्तु रोक्नका लागि मुख्य १० भन्सार कार्यालयमा स्क्यानर मेसिन राख्न लगाएको विभागका महानिर्देशक शिशिरकुमार ढुंगानाले जानकारी दिएको आजको कारोकार दैनिकमा समाचार छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र सुख्खा बन्दरगाहमा भएका स्क्यानर मेसिन विगि्रएकाले मर्मत गर्नसमेत चीनसँग आग्रह गरिएको छ ।

एक स्क्यान मेसिनको झन्डै १५ करोड रुपैयाँ लाग्छ ।