२१ वटा स्थानीय तहसहित ५७८ वडाको मतपरिणाम सार्वजनिक « Himal Post | Online News Revolution
Logo

२१ वटा स्थानीय तहसहित ५७८ वडाको मतपरिणाम सार्वजनिक



काठमाडौं, असोज ५ –प्रदेश नम्बर २ का ८ जिल्लामा असोज २ गते चुनाव सम्पन्न भएका स्थानीय तह मध्ये २१ वटा स्थानीय तहको मतगणना सम्पन्न भई परिणाम सार्वजनिक भएको छ ।

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जे.इ.ओ.सी.) बाट बिहीबार अहिलेसम्म प्राप्त विवरणअनुसार, प्रमुख एवं अध्यक्षमा नेपाली काग्रेस ८ स्थानीय तहमा, नेकपा एमाले ४ स्थानीय तहमा, नेकपा माओवादी केन्द्र ३, संघीय समाजवादी फोरम नेपाल २ र नेपाल लोकतान्त्रिक फोरम २, र राष्ट्रिय जनता पार्टी नेपाल २ स्थानीय तहमा विजयी भएका छन् ।

यसैगरी, अहिलेसम्म ५७८ वटा वडाको अन्तिम मतपरिणाम प्राप्त भइसकेको छ । मतगणना बाँकी रहेका ११८ स्थानीय तहमध्ये एकाध स्थानमा मतगणनामा गतिरोध उत्पन्न भएका कारण सर्बदलीय सहमति गरी मतगणना सुचारू गर्ने प्रयास भइरहेको र अन्य सबै स्थानमा मतगणना कार्य शान्तिपूर्णरूपमा जारी रहेको छ ।

मतगणना कार्यलाई शीघ्रताका साथ सम्पन्न गर्नका लागि हाल ३३९ वटा मतगणना टोलीबाट मतगणना कार्य भइरहेको छ । त्यस्तै, राजपा नेपालका वडाध्यक्षको उम्मेदवारको निधन भएका कारण स्थगन भएको राजबिराज नगरपलिका वडा नम्वर १५ मा बिहीबार शान्तिपूर्णरुपमा मतदान भइरहेको छ ।