अप्रेशन गरी बच्चा जन्माउने महिलाले पढ्नै पर्ने कुरा - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

अप्रेशन गरी बच्चा जन्माउने महिलाले पढ्नै पर्ने कुरा



बच्चा जन्माउँदा गरिने ‘सीजरियन सेक्सन डेलिभरी’ (अप्रेशन गरी बच्चा जन्माउने) लाई लिएर विभिन्न्न भ्रम सुन्न पाइन्छ । प्रसूती तथा स्त्रीरोग विशेषज्ञ डा शितल अग्रवालका अनुसार सीजरियन सेक्सनको भ्रम र वास्तविकता यस्ता छन् :

पहिलो बच्चा जन्माउँदा अप्रेशन गरिएको छ भने दोस्रो बच्चा जन्माउनका लागि तीन वर्षको अन्तर राख्नु राम्रो हुन्छ । तीन वर्ष भन्दा कम अन्तरमा बच्चा जन्माउँदा फेरि अप्रेशन गर्नुपर्ने अवस्था आयो भने त्यसले खतरा बढाउँछ ।

अप्रेशन गरी बच्चा जन्माएका महिला पहिलो ४० दिन भित्र कुनै शारीरिक गतिविधि नगर्न वा ६ महिनासम्म जिम जान नहुने साझा मान्यता छ । तर यो केबल मिथ्या मात्र हो । सामान्य शारीरिक गतिविधि गर्दा त्यसले शरिरलाई सशक्त बनाउँछ । सामान्य हिडडुल गर्न सकिन्छ तर पहिलो ४० दिन भित्र धेरे गहौं सामाग्री उचाल्नु हुँदैन ।

अप्रेशन पछि केही आमाहरुमा तत्काल स्तनपान गराउनु हुँदैन भन्ने मान्यता छ । अप्रेशन लगत्तै वा सोही दिनदेखि स्तनपान गराउँदा कुनै असर पर्दैन ।

अप्रेशन गरेको भोलिपल्ट अर्ध तरल पौष्टिक भोजन ग्रहण आग्रह गरिन्छ । चिल्लोयुक्त तरल पर्दाथ खानु हुँदैन । तेस्रो दिनदेखि आइरन र फाइबरयुक्त तरल खानेकुरा खान सकिन्छ । ताजा फलफुल, सागसब्जी, खानुपर्छ । डिहाइड्रेसनबाट बच्न पानी वा तरल पदार्थ प्रशस्त खानुपर्छ । सन्तुलित पोषण खानुपर्छ जसले अनावश्यक रुपमा तौल बढ्न दिदैन ।

डेलिभरीपछि आफ्नो र शिशु दुबैको स्वास्थ्यमा ख्याल गर्नुपर्छ । आफूलाई चिसो र एलर्जीबाट बचाउनु पर्छ । हाच्छिँउ आउँदा शल्यक्रिया गरेको स्थानमा असर पर्नसक्छ । अप्रेशन गरेको केही दिन एकदमै सिधा वा तन्किएर उभिनु हुँदैन । कोल्टे फेर्नु पर्दा पनि परिवारका सदस्यको सहयोग लिनुपर्छ । धेरै आराम र प्रर्याप्त मात्रामा सुत्ने गर्नुपर्छ ।

स्वस्थ्यखबर