अस्ट्रेलियामा पनि तीज मनाइयो - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

अस्ट्रेलियामा पनि तीज मनाइयो



अस्ट्रेलिया, १८ भदौ । अस्ट्रेलियाको गोल्डकोष्ट साउथपोर्टमा बस्ने हिन्दू नेपालीले नाचगान कार्यक्रम गरी संयुक्तरुपमा तीज मनाएका छन् ।

नेपालका विभिन्न ठाउँबाट आई यहाँ बसोबास गर्दै आएका नेपालीले नेपाली कला र संस्कृतिको सम्झना गर्दै खानपान र नाचगानसहित तीज मनाएका हुन् ।

अस्ट्रेलियाको गोल्डकोष्टस्थित नेप्लिज कम्युनिटी संस्थाले विभिन्न कलेजमा पढ्ने विद्यार्थी, अस्टे«लियामा पिआर तथा नागरिकता पाएका नेपालीलाई जम्मा गराएर तीज मनाउने अवसर जुटाइदिएको कम्युनिटीका मिलन मिश्रले जानकारी दिनुभयो ।

कम्युनिटीले विगत केही वर्षदेखि हरेक वर्ष तीजको दर खाने र नाचगानको कार्यक्रम आयोजना गर्दै आइरहेको उहाँले बताउनुभयो ।