आज पनि विद्यालय बन्द, लाखौ विद्यार्थीको भविश्व बर्वाद - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

आज पनि विद्यालय बन्द, लाखौ विद्यार्थीको भविश्व बर्वाद



काठमाडौं ३२ साउन । नेत्रविक्रम भन्द नेतृत्वको माओवादी निकट विद्यार्थी संगठनले आज पनि विद्यालय बन्द गरेको छ । बन्दले अनाज पनि पठन पाठन प्रभावित भएको छ । हिजो स्कूल जान नपाएका झण्डै ८० लाख विद्यार्थी आजपनि स्कूल जान नपाउने भएका छन् । हिजो स्कुल जान तम्तयार विद्यार्थीहरु अचानक बन्दको सूचना आएपनि अन्यौलमा परेका थिए । अधिकांश अभिभावकको मोबाइलमा स्कुलबाट बिहानै म्यासेज आएको थियो ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादी निकट अखिल क्रान्तिकारीले देशभर शैक्षिक संस्था ठप्प पारेको छ । शैक्षिक सस्था हड्तालका कारण ८० लाख विद्यार्थी स्कुल जान बञ्चित भएका छन् । आज पनि स्कूल नआउनु भन्ने सूचना अविभावकको मोवाइलमा आइसकेको छ ।