कक्षा १२ को परीक्षाफल प्रकाशित - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

कक्षा १२ को परीक्षाफल प्रकाशित



२७ भदौ, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल सोमबार प्रकाशित गरेको छ । सोमबार सार्वजनिक भएको नतिजामा नियमिततर्फ ४८ दशमलव १७ प्रतिशत पास भएका छन् ।

exam-Boardनियमिततर्फ सहभागी एक लाख ७५ हजार पाँच सय ९३ जनामध्ये ८४ हजार सय ९३ जना पास भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

त्यस्तै आंशिकतर्फ ३९ दशमलव ५९ प्रतिशत पास भएका छन् । आंशिकतर्फ सहभागी भएका एक लाख २३ हजार एक सय ८१ जना सहभागी भएकोमा ४८ हजार सात सय ६३ जना पास भएका छन् ।

एक विषयसम्म फेल भएकाको मौका परीक्षा कात्तिक ६ गते छ । गत बैशाखमा सञ्चालित परीक्षामा नियमितमा ३८ र आंशिकमा ३६ जनाको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ ।