कम्युनिष्ट पार्टीहरु एक हुनुपर्छ :बादल - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

कम्युनिष्ट पार्टीहरु एक हुनुपर्छ :बादल



सिन्धुली, २७ भदौ । नेकपा (माओवादी केन्द्र) का नेता रामबहादुर थापाले जनताको सङ्घर्षबाट प्राप्त उपलब्धि रक्षा गर्न कम्युनिष्ट पार्टीहरु एक हुनुपर्ने बताउनुभएको छ ।

नेकपा (माओवादी केन्द्र) सिन्धुलीको एकता भेलालाई आज सिन्धुलीमाडीमा सम्बोधन गर्दै उहाँले कम्युनिष्टहरु बीचको एकता बिना प्राप्त उपलब्धिको रक्षा र विकास सम्भव नहुने बताउनुभयो ।

नेता थापाले माक्र्सवादी मान्यताअनुसार नै आफूहरुबीच एकता भएको र एकताले नै पार्टी बलियो बनाउने भएकाले अब पार्टीको नीति र सिद्धान्त अनुसार अघि बढ्न कार्यकर्तालाई निर्देशन पनि दिनुभयो ।

केन्द्रका नेता एवम् पूर्वमन्त्री हरिबोल गजुरेल तथा अर्का नेता लीलामणि पोखरेलले जनता नै सार्वभौम शक्ति भएकाले जनताको पक्षमा काम गर्दै पार्टीलाई बलियो बनाउने काममा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभयो । रासस