"खोलो तर्यो लौरो विर्स्यो जस्तै भयो" दुताबास को कार्यक्रममा 'प्रचण्ड'ले किन यस्तो भने ?? - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

"खोलो तर्यो लौरो विर्स्यो जस्तै भयो" दुताबास को कार्यक्रममा 'प्रचण्ड'ले किन यस्तो भने ??



अर्जुन खनाल/गोभिन्द पोख्रेल , नयाँ दिल्ली, १५ सेप्टेम्बर

प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” यतीबेला छिमेकी राष्ट्र भारतको ४ दिने औपचारीक भ्रमणमा छन। आज भारत आएको पहिलो दिन नेपाली राजदुतावासमा भारतीय समाजवादी नेताहरु शरद यादव, सीताराम यचुरी र डिपि त्रीपाठी लगायतका नेताहरुसँग भेट भएको छ । भेटपछी दूतावासमै प्रवासी नेपालीहरुलाइ सम्बोधन गर्दै प्रमले राष्ट्रिय स्वाधिनताको कुरा राष्ट्रिय एकतासँग जोडिएको प्रसंगमा बोलेका थिए । मैले बुझेका ज्ञापनपत्र र प्रवासी समस्याका बारे उठेका कुराहरुलाइ हेर्ने हाम्रो प्रयास रहनेछ प्रचण्डले भने। आन्दोलनको सम्बन्धमा बोल्दै भने पटक पटक सुनेको छु र आज पनी सुने, आन्दोलन गर्दा भरोसा गर्ने राजनैतिक परिवर्तनपछी विर्सने । खोलो तर्यो लौरो विर्स्यो जस्तै गरीएको छ भन्दै थपे नेपालको गणतन्त्र प्राप्तिमा प्रवासी जनताको निकै ठुलो योगदान छ ।

यो भ्रमणमा नेपाली राजदूतावास का. बा. राजदूत कृष्ण प्रसाद ढकाल सहितको टोली सक्रिय रुपमा अग्रसर भएको देखियो । प्रवासमा विभिन्न तह र तप्काका सँस्थाका प्रतिनिधिहरुले प्रमलाइ सम्मान गरेका थिए । विभिन्न जनवर्गिय संघ सँस्थाहरुका प्रतिनिधिले पनि बोलेका थिए। यसपछी आ–आफ्नो सँस्थागत ज्ञापन पत्र प्रमलाइ बुझाएका थिए । दाहाल पत्नी सिता दाहाल, परराष्ट्र मन्त्री प्रकाश शरण महत लगायत बाक्लो उपस्थिती रहेको थियो । प्रवासी नेपालीहरुको उल्लेखनीय उपस्थिति रहेको सो सभा दूतावासको आयोजनामा राजदूत निवास भन्दा अगाडीपट्टीको चौरमा सम्पन्न भएको थियो । अहिले प्रम बिहारका मुख्यमन्त्री संग दुतावासमै भेटघाटमा ब्यस्त छन।