गितार सिकाउने निहुँमा चेतन सापकोटाले नेताकी छोरीका अंगमा स्पर्श गर्दा… - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

गितार सिकाउने निहुँमा चेतन सापकोटाले नेताकी छोरीका अंगमा स्पर्श गर्दा…



काठमाडौं – संगीतकारका रुपमा भन्दा बढी गायकका रुपमा चिनिने चेतन सापकोटाको गायकीलाई धेरैले भारत पलायन भएका गायक उदीतनारायण झासँग तुलना गर्छन् । उदीतकै झल्को दिने गरी गीत गाउने सापकोटाले मायाप्रितिका कम र जागरणका शब्दलाई बढी प्राथमिकता दिने गरेका छन् । उनले ‘मेरो देशमा अर्को बुद्ध पठाइदेऊ’ लगायत चर्चित जागरणका गीतहरुमा आफ्नो स्वर दिएका छन् ।chetan-sapkota

मान्छेमा जागरणकोे आवश्यकता औंल्याउँदै आफ्ना सिर्जना र गायकी पस्कँदै आएका उनलाई संगीतकर्मकै आधारमा धेरैले इमान्दार संगीतकर्मीका रुपमा बुझ्छन् । तर, अरुलाई क्रान्ति, जागरण र परिवर्तनका निम्ति आह्वान गर्ने यिनै सापकोटा आम बुझाइ भन्दा निकै पृथक रहेको उदेकलाग्दो घटना फेला परेको छ ।

सापकोटा आम बुझाई भन्दा फरक भूमिकामा प्रस्तुत भइदिँदा माओवादी पार्टीकै लागि टाउको दुखाइको विषय बनेका छन् भने स्वयं आफैं ‘दिनमा भोक न रातमा निद्रा’को अवस्थामा पुगेका छन् । उनी जस्तै माओवादीनिकट जनसांस्कृतिक महासंघ हाँक्दै आइरहेका गणेश भण्डारीको इज्जतमा पनि कहिल्यै नमेटिने गरी कालो धब्बा पोतिन पुगेपछि यो घटनाले माओवादी हेर्डक्वार्टर नै बेस्सरी हल्लन पुगेको छ ।

आफ्नै साथीको किशोरी छोरीको जवानीमाथि मनथाम्न नसकेर आँखा गाड्दा माओवादीनिकट जनसांस्कृतिक महासंघका तत्कालीन अध्यक्ष गणेश भण्डारी र महासंघ संवद्ध सापकोटाको अहिलेसम्म बनेको इमेज गल्र्यामगुर्लुम्म ढल्न पुगेको हो । तर, माओवादीका दुई चर्चित सांस्कृतिक योद्धाहरुमा गम्भीर सांस्कृतिक विचलन देखापरे पनि यसलाई पार्टीभित्रै कैद गर्ने प्रयास भइरहेको भन्दै माओवादीनिकट कलाकारहरुले चिन्ता व्यक्त गर्न थालेका छन् । यही प्रयासस्वरुप यो चर्चित काण्डलाई प्रहरीमा जान नदिएर भित्रभित्रै थामथुम पार्न खोजिएको कलाकारहरुको बुझाई छ ।

भएको के हो ?

करिब १ महिनाअघि ललितपुरको एक रेष्टुरेन्टमा भण्डारी, सापकोटा, राप्रपाका असन्तुष्ट नेता र सिन्धुपाल्चोकका सापकोटा थरकै एक युवक ‘सोमरस’ पान गर्ने उद्देश्यसहित भेला भएका थिए । माओवादी प्रवेशको तयारीमा रहेका भनिएका राप्रपा संवद्ध ती नेताले यसकै खुसीयालीमा उक्त जमघट गरेको बताइन्छ । प्राप्त समाचारअनुसार, जमघटपछि उनीहरुले राति १२ बजेसम्म रेष्टुरेन्टमा मदिरापान गरेका थिए ।

स्रोतका अनुसार, मदिरापानका कारण चेतन र गणेश सम्हालिनै सकेका थिएनन् । मदिराले मात्तिएर घर जान सक्ने अवस्थामा नभएपछि चेतन र गणेशलाई ती नेताले आफ्नो चापागाउँस्थित निवासमा लिएर गएका थिए । प्रेमले आफ्नो निवासमा भण्डारी र सापकोटालाई लगेर टिभी हेर्दै गरेकी श्रीमती र गितार बजाइरहेकी छोरीलाई बोलाएर परिचय गराएका थिए । गितार बजाइरहेकी छोरीलाई छाडेर नेता दम्पत्ति सुत्न गए पनि सापकोटा र भण्डारी गितार सिकाउने बाहनामा छोरीसँग जिस्किएर बसेका थिए ।

गितार सिकाउँदा सिकाउँदै सापकोटा र भण्डारीले नेताकी छोरीका अंगमा स्पर्श गरेका थिए । कुनियत राखेर स्पर्श गरेका सापकोटा र भण्डारीद्वयको पञ्जाबाट उम्कन खोज्दा–खोज्दै बलात्कार प्रयास भएपछि उनकी छोरी चिच्याएको बताइन्छ । छोरी चिच्याएपछि अत्तालिएका बाबुले उनीहरुको कर्तुत थाहा पाएपछि बेस्सरी भकुरेका थिए । ‘रामधुलाई’ भेटेपछि जुत्ता–चप्पल छाडेर सापकोटा र भण्डारी राति नै भागेका थिए ।

गम्भीर प्रकृतिको यो घटनापछि ती नेताले प्रहरीमा उजुरी हाल्न रोकेर माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा उजुरी हाल्न लगाइएको थियो । उजुरीलगत्तै माओवादी केन्द्रले सांस्कृतिक विभाग इञ्चार्ज विश्वभक्त दुलाल आहुतिको नेतृत्वमा दुई सदस्यीय छानबिन टोली बनाएको थियो ।

छानबिन टोलीले सापकोटा र भण्डारीले मदिरापान गरेर ती नेताको छोरीमाथि दुव्र्यवाहर गरेको पाइएको र कारबाहीका लागि पार्टी कार्यालयमा प्रतिवेदन बुझाएको आहुतिले बताए । ‘भण्डारी र सापकोटामा गम्भीर सांस्कृतिक विचलन देखिएको छ,’ आहुतिले भने, ‘उनीहरुलाई कारबाहीको लागि सिफारिस गर्दै पार्टीलाई प्रतिवेदन बुझाएका छौं ।’ उनले कस्तो कारबाहीको सिफारिस गर्नुभयो ? भन्ने प्रश्नमा भने यसबारे अहिले केही भन्न नमिल्ने बताए ।

कारबाहीबाट जोगिन दौडधुप
सापकोटा र भण्डारीलाई माओवादी केन्द्रले जनसांस्कृतिक महासंघको जिम्मेवारीबाट मुक्त गराइसकेको छ । अहिले जनसांस्कृतिक महासंघको कार्यवाहक अध्यक्ष सीता शर्मालाई दिइएको छ । यसबारे उजुरी परेलगत्तै दुवैलाई आ–आफ्नो जिम्मेवारीबाट राजीनामा गर्न पार्टीले लगाएको थियो ।

तर, सापकोटा र भण्डारीद्वयले जिम्मेवारीबाट राजीनामा गरे पनि उन्मुक्तिका लागि शक्ति केन्द्र चहारेको कलाकारहरुको दाबी छ । दोस्रो संविधानसभा निर्वाचनमा प्रचण्डकी छोरी रेणु दाहाल र हिमाल शर्माको निर्वाचन प्रचारमा ज्यान फालेर लागेका सापकोटाले रेणु र हिमालसँग आफूले विगतमा सहयोग गरेको ब्याज मागेको चर्चा माओवादी कलाकारहरुबीच चल्न थालेको छ । स्रोतका अनुसार, उनले प्रचण्डपुत्र प्रकाशलाई पनि यसका लागि दबाब दिएको र प्रहरीसम्म जान नदिएर यसलाई आन्तरिक रुपमै मिलाउन खोजिएको छ । आजको साँघु साप्ताहिकमा खबर छ