गुट बन्दीको चरम चपेटामा नेपाल बिद्यार्थी संघको ११ औं महाधिबेश - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

गुट बन्दीको चरम चपेटामा नेपाल बिद्यार्थी संघको ११ औं महाधिबेश



लगभग ९ बर्षको अन्तरालमा हुन लागेको ने बि संघको ११ औं महाधिवेशनले पनि गुटबन्दीको चपेटाबाट उन्मुक्ति पाउन सकेन।अध्यक्ष पदका लागि धेरै जनाको उमेदवारी पर्ने भए पछि महाधिवेशनमा भाडभैलो हुने स्थितिमा थियो।संस्थापन पक्ष,देउवा पक्ष,सिटौला पक्ष र खुम बहादुर पक्ष बीच चौपक्षीय लडाई हुँदै छ भन्ने आभाष हुँदै थियो।महाधिवेशनमा संस्थापन पक्षबाट नै बढी अध्यक्ष उमेदवारको आकांक्षी भेटिए।यस्तो जटिल अबस्थामा समस्यालाई समाधान गर्न र २ पक्ष बीच मात्र चुनाव गराउनका लागि अध्यक्ष पदका लागि दावी गरी रहेकाहरूलाई कसैलाई बैकल्पिक केन्द्रिय सदस्य त कसैलाई आउने निर्बाचनमा सांसदको टिकट दिने सम्मका कुरा गरीएको छ।आखिर राजनिति भनेकै यहि त रहेछ नी।

13933257_1091815944232707_128064833_nपार्टी सभापति शेर बहादुरले आफ्ना पक्षका नयन सिंह महरलाई काखी च्यापेर जीत जंग बस्नेतलाई पाखा लगाउने सोचमा थिए तर चरम बिबाद भए पछि देउवा पक्षबाट जीत जंग बस्नेतलाई नै उठाउने निर्णय गरीएको छ भने नैन सिंह महरलाई बैकल्पिक केन्द्रिय सदस्यमा लैजाने पक्षमा छन।उता कृष्ण सिटौला पक्षले पनि कुन्दन राज काफ्लेलाई सांसद टिकट दिने भन्ने सहमतिमा पुगेर उमेदवारी फिर्ता लिन लगाएको छ।संस्थापनका तर्फबाट अरूलाई सान्त्वना दिदै मनोजमणीलाई उमेदवारी बनाउने पक्का भएको छ। नेपाली कांग्रेस पार्टीको सबै भन्दा प्रिय संगठन नेबि संघ भित्र गुट बन्दीले नराम्रो असर पारेको छ।अध्यक्ष पदका आकांक्षीहरू माथि कुठाराघात गरीएको छ।यति लामो समय पश्चात भएको महाधिवेशनमा पूर्ण रूपमा पार्टीको हस्तक्षेप आखिर के का लागि?पार्टी र संगठन भनेको बिचारले चल्नु पर्ने हो तर यस्तो देखिएन जसरी पार्टीको १३औं महाधिवेशमा जुन किसिमको मनी र मसलको दबदबा थियो त्यसरी नै ने बि संघको ११ औं महाधिवेशनमा पनि आफ्ना पक्षका लागि बनाउनका लागि चलखेल हुन सक्ने सम्भाबना प्रचुर मात्रामा देखिएको छ।

नेपाल बिद्यार्थी संघको इतिहासलाई स्मरण गर्ने हो भने संघ भित्र बिबाद नभएको त होईन तर यस पाली पनि संघ भित्र बिबाद चरम उत्कर्षमा नै देखियो।पार्टी सभापति देउवाको एकल निर्णय हाबी भई रहेको अबस्थामा पार्टीलाई अन्धकारको दिशा तर्फ धकेलेको हो की भन्ने आम नेता कार्यकर्ताको बुझाई छ।नेपाल बिद्यार्थी संघको भबिष्यलाई सुनौलो दिशा तर्फ उन्मुख गराउने हो भने पार्टीले कुनै पनि हालतमा हस्तक्षेप गर्नु हुँदैन।नेबि संघ कसका र के का लागि भन्ने बारे सबैले मनन गर्न जरूरी छ।बिभिन्न तह र तप्काबाट आएका बिद्यार्थीहरूको सुनौलो भविष्यमा नै केन्द्रिय भएको संघ बिद्यार्थीको हक हितका लागि भन्दा पनि पार्टी हितका लागि काम गरेको हुँदा चाहि यस भित्र प्रश्न बाचक चिन्ह खडा गर्ने ठाउँ थुप्रै छन।आधुनिक शिक्षा प्रणालीलाई कसरी बिद्यार्थीको पहुँच सम्म पुराउने र शिक्षा क्षेत्रमा भई रहेको भ्रष्ट्राचार देखि लिएर बिबिध समस्याहरूलाई कसरी समाधान गर्न सकिन्छ भन्ने बारे संघले सोच्नु जरूरी छ।कांग्रेसको मात्र होईन अरू पार्टीका भातृसंगठनहरूले पनि यस बिषयमा ध्यान केन्द्रित हुन जरूरी छ।

बिद्यार्थी संघ संगठनहरूको पहिलो कामको तार्गेट नै बिद्यार्थीको हक हित र गुणस्तरीय शिक्षा हो त्यस पछि मात्र पार्टीको हितमा केन्द्रित हुनु पर्छ।अहिलेको अबस्थामा के भईदियो भने पार्टीका नेताहरूले बिद्यार्थी संघ संगठनका नेताहरूलाई आफ्ना ब्यक्तिगत स्वार्थमा प्रयोग गर्दै आई रहेको छन।त्यसैले यस्ता कुरामा संघ हाक्ने यूवा नेताहरू सजग हुन जरूरी छ।नेपाली कांग्रेस भित्र एकलबादको निति प्रचुर मात्रामा लादन खोजिएको छ यसरी एकलबादको धारणाले पार्टी अगाडी बढायो भने पार्टी गम्भिर दुर्घटनामा फस्ने छ।यदि राम्रो संग मिलाएर अगाडी बढाउने हो भने सबैलाई मिलाएर अगि बढ्दा नेपाली कांग्रेस हिजो पनि एक नं को पार्टी हो र भोली पनि एक नं नै रहि रहने छ।बीपीको समाजबादमा त सबैलाई मिलाएर समान ब्यबहार गरेर लैजानु पर्छ भनेको छ नी त तर पार्टी भित्र त्यस्तो भएन।बिपीको माहान बाणी मध्य एक बाणी मानव ब्रेडले होईन ब्रेनले चल्नु पर्छ भन्ने कुराको ख्याल हुन जरूरी छ।आज हाम्रा नेताहरू ब्रेनले होईन ब्रेडका भरमा चली रहेका छन। नेपाली कांग्रेस पार्टीले माहाधिवेशन गरेको पनि लगभग ६ महिना लाग्यो अझै सम्म पनि कार्य समिति बिस्तार गर्न सकेको छैन आखिर किन ?काँहा अड्किएको छ?यस्ता कुराहरूमा पनि पार्टी नेतृत्वको ध्यान जाओस।आशा गरौ नेबि संघको ११ औं महाधिवेशन सभ्य र सरल तवरबाट सम्पन्न हुने छ र पार्टीमा जस्तो गम्भिर स्थिति आउने छैन।नेबि संघका बिद्यार्थी यूवा नेताहरूले हाम्रालाई भन्दा पनि राम्रालाई चयन गर्ने छन भन्ने कुरामा आशाबादी छु।

जय नेपाल।

लेखक:संस्थापक सचिव कर्ण बहादुर अधिकारी नेपाली जनसम्पर्क समिति मकाउ,चीन।