चीन भ्रमणमा गरेका दर्जनौ सम्झौताबारे नेपालले चासो नदेखाएकोमा चीनको दुःख व्यक्त - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

चीन भ्रमणमा गरेका दर्जनौ सम्झौताबारे नेपालले चासो नदेखाएकोमा चीनको दुःख व्यक्त



काठमाडौं, ८ असोज । चीन सरकारले नेपालको विकासका लागि पूर्ववर्ती सरकारले गरेका सम्झौता कार्यान्वयन हुनुपर्ने विषयमा जोड दिएको पाइएको छ ।

नेपालका सरकारी टोलीले विभिन्न समयमा गरेको चीन भ्रमणमा गरेका दर्जनौ सम्झौताबारे नेपालले चासो नदेखाएकोमा चीनले दुःख व्यक्त गरेको छ ।

चीनका कार्यबाहक राजदूत हरिश्चनद्र घिमिरेले सरकारका प्रधानमन्त्रीदेखि विभिन्न उच्च तहका नेताको भ्रमणका क्रममा भएका सम्झौता कार्यान्वयन नभएकोमा चीनले चीन्ता व्यक्त गरेको जानकारी दिए ।

‘हरेक पटकको चीन भ्रमणका क्रममा उच्च टोलीसँग भेटघाट गर्दा पुरानो सम्झौता कार्यान्वयन गर्न आग्रह गरेका छन् । त्यस विषयमा सरकारलाई जानकारी गरिएको छ,’ उनले भने ।

हरेक उच्च तहको भ्रमणका क्रममा चीन सरकारले सोध्ने गरेको छ- पहिला गरेको सम्झौताको निरन्तरता केही भयो त ?

तातोपानी नाका खुलाउने सम्बन्धमा नेपाल सरकारले चीन सरकारलाई पटकपटक आग्रह गर्ने गरेको जानकारी उनले भने, ‘नेपालको राजश्व संकलन हुने तेस्रो ठूलो नाका बन्द हुँदा नेपाल र चीन दुबैलाई ठूलो घाटा भइरहेको दुबैले बुझेका छन् ।

तर समस्य जस्ताको तस्तै देखिएको छ ।’ आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।