चीन र भारतको भ्रमण बाट फर्किए पूर्वराजा - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

चीन र भारतको भ्रमण बाट फर्किए पूर्वराजा



हिमाल पोष्ट  / १३ मंसिर, काठमाडौं । तीन साता लामो सिंगापुर भ्रमणमा निस्किएका पूर्वराजा ज्ञानेन्द्र शाह बुहारी हिमानीसहित काठमाडौं फर्किएका छन् ।

गत कात्तिक २३ मा सिंगापुर पुगेका पूर्व राजा हिजो नेपाल फर्किएका हुन् ।  पूर्वराजा सिंगापुरबाट चीन् र भारतको समेत भूमण गर्नुभएको  उच्च स्रोतले जानकारी थियो । उनको भ्रमणको सम्पूर्ण चाँजोपाँजो बुहारी हिमानीले मिलाएको बताइएको आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

दशैलगत्तै नयाँदिल्ली पुगेर भ्रमणको मिति तय गरेका पूर्वराजाका निजी सचिव सागर तिमल्सिनालेभारत भ्रमणको व्यवस्थापन गरेका थिए ।

सिंगापुरबाट केही दिनका लागि घुमफिर गर्न चीन गएको सो टोली चीन भ्रमणलगत्तै भारत पुगेको उच्च स्रोतले जनाएको छ । भारतपछि पुनः सिंगापुर हुँदै नेपाल फर्किएका पूर्वराजाले भारतमा उच्चस्तरीय भेटघाट गरेका छन् ।