छोरो हिरो, बाबु भिलेन - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

छोरो हिरो, बाबु भिलेन



काठमाडौं – अभिनेता अनमोल केसीले चलचित्र ‘एन्टी हिरो’ मा अभिनय गर्ने भएका छन् । केही समय विश्राममा बसेका केसीले अब यो फिल्ममा अभिनय गर्ने भएका छन् ।

आफ्नै होम प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको यो फिल्ममा अभिनेता भुवन केसीको पनि अभिनय रहनेछ । स्रोतका अनुसार भुवन यो फिल्ममा खलनायकको भूमिकामा हुनेछन् ।

फिल्ममा अन्य कलाकार को हुने भन्नेमा अझै जानकारी दिइएको छैन । फिल्मका निर्माता समेत रहेका भुवन केसीका अनुसार कलाकारका बारेमा छिट्टै नै जानकारी दिइनेछ ।