जम्मु कश्मिरको सैन्य मुख्यालयमा हमला ,१७ सैनिकको मृत्यु - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

जम्मु कश्मिरको सैन्य मुख्यालयमा हमला ,१७ सैनिकको मृत्यु



असोज २, भारत । जम्मु कश्मिरको उरी क्षेत्रमा रहेको सैन्य मुख्यालयमा आज बिहान भएको हमलामा कम्तिमा १७ भारतीय सैनिकको मृत्यु भएको छ । सेनासँग भएको मुठभेडमा ४ विद्रोहीको पनि मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्  ।

प्रहरीले सैन्य क्षेत्रमा आइतबार बिहान साढे पाँच बजे आत्मघाती हमला भएको बताएको छ ।  घटनामा घाइते भएका सैनिकलाई  उपचारका लागि हेलिकोप्टरमा अस्पताल लगिएको छ । उक्त क्षेत्रमा आक्रमणकारी लुकेको आशंकामा अहिले सर्च अभियान चलाइएको छ ।

यसैबिच घटनापछि भारतको गृह मन्त्रालयले आपतकालीन बैठक बोलाएको छ । आक्रमणकारी पाकिस्तानका भएको मिडियाको दावी छ । भारतीय गृह मन्त्री राजनाथ सिंहले आफ्नो रुस र अमेरिका यात्रा रद्ध गरेका छन् ।