जो दुई औलाले संसार चाहार्दै छिन ..... - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

जो दुई औलाले संसार चाहार्दै छिन …..



मानिसको आफ्नो आफ्नो बिचार हुन्छ । बिचारले नै मानिसलाई यो पृथिबीमा सक्षम बनाउदछ । साहित्य कला संस्कृति मानिसको अद्भुत शक्ति हो । आफ्नो शरीरको कुनै भाग नचल्ने मात्र दुई औला चल्ने र दुई औलाबाट सारा संसारको अनुभूति गर्ने एक नारीको नाउ हो राधिका दाहाल । उनी सँग योगेन्द्र गौतमले गरेको कुराकानी  जस्ताको तस्तै  ।

उनि यसरि प्रस्तुत हुन्छिन :मेरो नाम  राधिका दाहाल, काम साहित्यमा कलम चलाउनु, जागिर बिनाको जिन्दगी छ । कहिले कहीँ भोक भोकै पनि हिँड्नु पर्छ, मार हजारौँ खाएपनि हार खान तयार छैन, यसैले बाँचेको छ यो स्वाभिमानी आत्मा आजसम्म शिर उठाएर, हैन भनेदेखि त बीसौ वर्ष अघि नै मरिसकेको थियो नशवर शरीर।

हालको बसाइ कोटेश्वर काठमाडौँ, यो तस्बिरको बस्ती मेरो जन्म धरा सिन्धुली मझुवा २ हो, मलाई संसारमा सबै भन्दा प्यारो, राम्रो सुन्दर यही भूमि लाग्छ, जसलाई म धर्तीको स्वर्ग भन्न रुचाउँछु ।

हिजोआज बिपनामा म सहर बस्छु, यो मेरो रहर होइन बाध्यता हो । तर सपनामा भने म सधैँ यही धराको कुनै एक गरामा बसेर गौरीशंकर हिमाल नियालि रहेको हुन्छु । दुनियाँको लागि यो मेरो जन्मभूमि एक साधारण गाउँ लाग्छ ।

सायद यसैको उपहार हो, आजको यो मेरो कलम, त्यही भूमिको दरिलो माटो हो यो आत्माविश्वास, मृत्युसँग डर लाग्दैन र त म आज हाँसेको छु । दुनियाँले आफन्तै सम्झिएकोले बाँचेको छु ।

मेरो लागि यो जीवन, जगत र विश्व ब्रम्हाण्डमा भए जति ज्ञान विज्ञानको बारेमा बिना गुरु नै अध्ययन गराएर मलाई दक्ष गराउने विश्वविद्यालय हो । जहाँ मैले एक आशनमा बसेर धेरै वर्ष कठोर तपश्या गरेकि  छु । सायद यसैको उपहार हो, आजको यो मेरो कलम, त्यही भूमिको दरिलो माटो हो यो आत्माविश्वास, मृत्युसँग डर लाग्दैन र त म आज हाँसेको छु । दुनियाँले आफन्तै सम्झिएकोले बाँचेको छु ।14302406_678829202273544_571389254_n

यस फेसबुक चौतारीमा म केही असल मन भएका दाजुभाइ खोजिरहेको छु । जसले मेरो नामलाई होइन कामलाई साथ दिउन र देशकै लागि जिउन, जान्दछु दिन भएको ठाउँमा रात हुन्छ नै, र पनि म मेरो जीवनमा त्यो अँध्यारो रात चहान्न, किनकि म औंसिकै रातलाई पनि मुस्कानको चन्द्रमा सजाउँदै उज्यालो पार्न चहान्छु । कृपया यदि कोही गलत इराधाले मेरो यो फेसबुक चौतारीको चप्लेटिमा पसेर बस्नु भएको छ भने आफैँ हटिदिनु होला, म आपूm पनि गलत बोल्दिन र अरूले बोलेको पनि सहन सक्दिन ।

उनका कृति सेता कोट भित्र  काला मन देखि दर्जौनौ पुस्तक प्रकासित भैसकेका छन  ।