दश हजार अलैँचीका बिरुवा निःशुल्क वितरण - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

दश हजार अलैँचीका बिरुवा निःशुल्क वितरण



२३ साउन, खोटाङ । खोटाङको रतन्छास्थित कृषि वन तथा वातावरण समितिले गाविसका कृषकलाई अलैँचीका बिरुवा निःशुल्क वितरण गरेको छ । समितिले गाविसमा गठित नौवटै वडाका वडानागरिक मञ्चका संयोजकमार्फत अलैँचीका बिरुवा निःशुल्क वितरण गरेको हो ।

व्यावसायिक रुपमा अलैँचीको खेती गर्दै आएका किसानलाई शनिबार १० हजार अलैँचीका बिरुवा वितरण गरिएको कृषि वन तथा वातावरण समितिका उपाध्यक्ष तुलाराज राईले बताए । प्रतिबोट १० रूपैयाँका दरले बेर्ना खरिद गरेर किसानलाई निःशुल्क वितरण गरिएको समितिले जनाएको छ ।

पछिल्लो समय जिल्लामा अलैँचीको व्यावसायिक खेती गर्ने कृषकको सङ्ख्या वृद्धि हुँदै गएको छ । जिल्लामा गत वर्ष रु एक अर्ब बढीको अलैँची उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

रासस