नेपाललाई हिन्दु राष्ट वनाउने राष्ट्रिय एजेन्डा सहित दुई राप्रपा एक हुने - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

नेपाललाई हिन्दु राष्ट वनाउने राष्ट्रिय एजेन्डा सहित दुई राप्रपा एक हुने



भक्तपुर, मंसिर १ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले नेपाललाई हिन्दु राष्ट्र बनाउने राजनीतिक एजेण्डासहित दुई राप्रपाबीच एकीकरण हुने बताउनुभएको छ ।

भक्तपुरमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी एकीकरणको एजेण्डामा सहमति भइसकेको बताउनुभयो ।

दुई राप्रपाबीच अब केही दिनमै पार्टी एकीकरण हुने बताउँदै उहाँले नेपाललाई हिन्दु राष्ट्र बनाउने राजनीतिक एजेण्डामा दुवै दल सहमत भएको उल्लेख गर्नु भयो ।

अध्यक्ष राणाले पार्टी एकीकरणसँगै पदीय बाँडफाँडसमेत मिलिसकेको दाबी गर्दै भन्नुभयो, ‘पार्टी एकीकरणपछि म पार्टी निर्देशन समितिको राष्ट्रिय अध्यक्ष र राप्रपा नेपालका अध्यक्ष कमल थापा पार्टी अध्यक्ष हुने गरी सहमति भएको छ ।’

अध्यक्ष राणाले सरकारले तत्कालै पुरानै संरचनाअनुरुप स्थानीय निकायको निर्वाचन गरेर मात्रै राज्यको पुर्नसंरचनामा लाग्नुपर्ने बताउँदै हतारमा राज्य पुनःसंरचना गरे पछुताउनुपर्ने तर्क राख्नुभयो । रासस