नेविसंघको अध्यक्षमा महर बिजयी - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

नेविसंघको अध्यक्षमा महर बिजयी



२ भदौ, काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेविसंघको अध्यक्षमा नैनसिंह महर निर्वाचित भएका छन् ।

संस्थापन पक्षका महरले रामचन्द्र पौडेल पक्षधर मनोजमणी आचार्यलाई पराजित गरेका हुन् ।

त्यस्तै नेविसंघको महामन्त्रीमा पनि महर प्यानलकै कुन्दन काफ्ले र सरोज थापा निर्वाचित भएका छन् ।

नेविसंघ नेतृत्वमा अधिकांश महर प्यानलका उम्मेदवार बिजयी भएका छन् ।

कांग्रेसको शक्तिसाली भातृ संगठन मानिने नेविसंघमा २०६४ सालदेखि महाधिवेशन हुन सकेको थिएन ।