नेविसंघको चुनाव आज, सभापतिमा सात उमेदवार - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

नेविसंघको चुनाव आज, सभापतिमा सात उमेदवार



१ भदौं, काठमाडौं ।  उद्घाटन भएको ११ दिनपछि नेपाल विद्यार्थी संघको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ ।
उद्घाटन भएको डेढ सातासम्म पनि मिल्लन नसकेको प्रतिनिधि विवाद सहमतिमा सुल्झिएपछि निर्वाचन हुने भएको हो ।

बिहान ७ बजेदेखि साझँ ७ बजेसम्म मतदान गर्ने कार्यक्रम निर्वाचन आयोजले सार्वजनिक गरेको भएपनि ८ बजेसम्म मतदान सुरु भएको छैन ।

मतदान सकिएसँगै मतगणना सुरु हुने भएको छ । विद्युतिय मतदान हुने भएकाले निर्वाचन सकिएको दुई घण्टामै परिणाम सार्वजनिक गर्न सकिने निर्वाचन समतिले जनाएको छ ।

निर्वाचनका लागि मतदाताबाट चुनिने १ सय २९ पदका लागि ६ सय ८५ जनाको उमेदवारी परेको छ । कुल १ सय ५१ सदस्यीय कार्यसमितिमध्ये १ सय २९ जना मतदानबाट र बाँकी मनोनित हुनेछन् ।

एक अध्यक्ष, ११ उपाध्यक्ष, दुई महामन्त्री १३ सहायकमन्त्री, एक कोषध्यक्ष र १ सय १ जना केन्द्रीय सदस्य निर्वाचनबाट चयन हुनेछन् ।

सभापतिको एक पदमा ८ जनाको उम्मेदवारी परेको थियो । सभापतिमा नैनसिंह महर, मनोजमणि आचार्य, आनन्दराज त्रिपाठी, शुभराम बस्नेत, लक्ष्मण आचार्य, पदमराज पन्त, नगेन्द्रसिंह ठकुरी र बचन कार्कीको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । सभापतिका उमेदवार पदमराज पन्तले उमेदवारी फिर्ता लिएसँग ७ जना उमेदवार चुनावी मेदानमा उत्रिएका हुन् ।

नैनसिंह महर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौलाको पक्षको साझा उम्मेदवार हुन् । आचार्य र त्रिपाठी नेता रामचन्द्र पौडेल पक्षका र बस्नेत खुमबहादुर खड्का पक्षका हुन् ।

दुई महामन्त्री पदका लागि ५ जनाको उम्मेदवारी परेको छ भने एक कोषाध्यक्ष पदका लागि ४ जनाले उम्मेदवारी दर्ता गराएको केन्द्रीय निर्वाचन समितिका संयोजक भरतप्रसाद खरेलले जानकारी दिए ।

केन्द्रीय निर्वाचन समितिले उम्मेदवारी दर्ताका लागि मंगलबार अपरान्ह १२ बजेसम्मको समय दिएको थियो ।

प्रतिनिधि छनोटको विवादका कारण महाधिवेशन उदघाटन भएको १० अाैं दिनमा बल्ल उम्मेदवारी दर्ता भएको छ । नौ वर्ष पछि आयोजित नेविसंघको महाधिवेशन कांग्रेस सभापति शेरबहादुर देउवाले यही साउन २३ गते भृकुटीमण्डपमा उदघाटन गरेका थिए ।

source:onlinekhabar