प्रधानमन्त्रीको दिल्ली भ्रमण आज देखि - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

प्रधानमन्त्रीको दिल्ली भ्रमण आज देखि



३० भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको चारदिने औपचारिक भ्रमणमा आज त्यसतर्फ प्रस्थान गर्दै छन् ।

दोस्रोपटक प्रधानमन्त्री बनेपछि प्रचण्डको यो पहिलो विदेश भ्रमण हो, जुन राजकीय हुनेछ ।

प्रधानमन्त्री प्रचण्ड नेपाल वायुसेवा निगषमको जहाजबाट बिहान ११ बजे नयाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

भ्रमण दलमा परराष्ट्र मन्त्री डा. प्रकाशशरण महत, भौतिक योजना तथा निर्माण मन्त्री रहेश लेखकसहित विभिन्न मन्त्रालयका सचिव, वरिष्ठ अधिकृत व्यवसायी तथा सञ्चारकर्मीको सहभागिता रहनेछ ।

नयाँ दिल्ली उत्रिएसँगै प्रधानमन्त्रीको टोली नयाँदिल्लीस्थित नेपाली राजदूतावासले आयोजना गर्ने दिवाभोजमा सहभागी हुने कार्यक्रम रहेको छ । चारदिने भ्रमणका क्रममा प्रधानमन्त्री नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा बस्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री असोज २ गते स्वदेश र्फकने कार्यतालिका रहेको छ ।

अन्लाईनाखाबर बाट