प्रवासमा नेपालीको दनानिय अवस्था - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

प्रवासमा नेपालीको दनानिय अवस्था



योगेन्द्र गौतम 

आफ्नो रोजी रोटीका लागि  भारत लगाएत विश्वका अनगिन्ती देशहरूमा नेपाली युवाहरू जाने क्रम अहिले निकै तीव्र रूपमा बढेको छ । होटल कलकारखाना सरकार निकाय व्यवसायमा तल्लिन छन् नेपाली हरू । खाडी मुलुकमा रोजगारदाता नेपालीहरूको अवस्था भने निकै चिन्ता जनक छ ।

दिनहु नेपालीको हत्या भइरहेको छ नारी बेचबिखन तिब्ररुपमा बढेको छ , दिनहु नारी बलात्कार भयका छन् न्याय दिने दिलाउने संबन्थित राष्ट्रको सरकार र नेपाली दूतावास मौन छन् । आखिर दुतबास को के नै काम छर आफ्नो नागरिकको सुरक्षाका निमित्त कुटनितीक पल गर्न सक्दैन भने । नेपाल सरकार विदेशमा रहेका आफना नागरिकको सुरक्षा र न्यायका लागी जिम्मेवार छैन । आज कैयो नागरिक कुबेत मलेसिया दुबई का जेलमा अमानबिय जीवन बिताउन बाध्य छन् ।

नेपाली चेली दिल्ली मुम्बई हुँदै खाडी मुलुकमा दलालहरुले बेचिरहेका छन् । यो अवस्था छ विदेशमा नेपाली नागरिकको । आखिर सरकार कस्को लागि ?  नागरिकको हक हित सुरक्षा र विकासका लागि हो या विदेशीको गुलामीका लागि ।

नेपाली चेली दिल्ली मुम्बई हुँदै खाडी मुलुकमा दलालहरुले बेचिरहेका छन् । यो अवस्था छ विदेशमा नेपाली नागरिकको । आखिर सरकार कस्को लागि ?  नागरिकको हक हित सुरक्षा र विकासका लागि हो या विदेशीको गुलामीका लागि । निकै गम्भीर प्रश्न सरकार माथि उब्जेको छ । सरकार पूर्णता पाउनु अगावै दुतहरुको विदेश भ्रमण हुन्छ । राजनीतिक एवं कुटनीतिक पोलिशी विदेशीबाट निर्मित हुन्छ तर सरकारमा नेतृत्व देखी मंत्री हरू निकै राष्ट्रबादी हु भन्छन् । विदेशीको इसारामा हिडनेहरुलाई कसरी राष्ट्रबादी भन्ने खै अचम्म छ । देशको समस्या जटिल बन्दैछ । देश र जनता प्रति उत्तरदाईत्व हुन प्रने होइन र । आफ्नो जनता विदेशमा अलपत्र या जेलमा प्रदा सरकारलाई कुनै मतलब छैन । सम्बन्धित निकायहरू सँग सम्पर्क गरी विदेशमा अलपत्र परेका आफ्नो नागरिक स्वदेश फ्रकाउनु प्रने हो तर सरकार यो विषयमा मौन छ ।

विदेश स्थिति नेपालीहरूका उद्धारका निमित्त धेरै सङ्गठन हरू छन् । यी सङ्गठनहरू त्याहा रहेका नेपाली माथि हुने अन्याय अत्याचार दमन शोषण नारीमाथि हने अपराध रोकथाम भन्दा मातृ पार्टी नाम भजाउन तल्लीन रहन्छन  । समाजिक कार्य यी सङ्गठन हरुमा देखिदैन । विदेश स्थिति नेपालका राजनीतिक पार्टीका भातृ सङ्गठनहरू आखिर के को लागि खोलिएको हो । विदेश स्थिति नेपालीहरुमाथी हुने दमन शोषण हत्या हिंसा एवं नेपाली चेली माथि हुने जगन्य अपराध रोकथाम सम्बन्धित निकायमा आवाज उठाउदै पीडितलाई न्याय दिलाउन होइन र ? यी विदेश स्थिति राजनीतिक दलका भातृ संगठनहरुमाथी पनि प्रश्न चिन्ह खडा भयको छ । विदेश स्थित नेपाली हामी अब भने कसैको आशामा होइन आफै सचेत बनौ ।