भन्देउ सरकार ! कलाकार राष्ट्रका गहना होइनन्……? - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

भन्देउ सरकार ! कलाकार राष्ट्रका गहना होइनन्……?



किंग खनाल, काठमाडौ भाद्र २६ “माग्ने बुढा” अर्थात केदार घिमिरे चर्चित हास्य कलाकार हुन उनलाइ नचिन्ने नेपाली सायदै कम होलान, लोकप्रीय हास्य टेलि चलचित्र मेरीबास्यै तथा स्ट्यान्डप कमेडि मार्फत मनोरन्जन प्रदान गर्ने उनै केदार घिमिरे अहिले स्वास्थ्यमा गम्भीर समस्याका कारण थला परेको खबर यत्र तत्र चर्चा को बिषय बनेको छ।

उनलाइ डिप्रेसन तथा आन्द्रा मा समस्या भएको कारण नर्भिक हस्पिटल मा नियमित स्वास्थ जाँच गरि घर मै आराम गरिरहेका बुजिएको छ। लामो समय सम्म समस्या मा परेर उपचार खर्च जुटाउन नसक्दा थप उपचार गर्न समस्या भएको जनाइएको छ। लामो समय सम्म थला पर्दा पनि राज्य र सम्बन्धित निकायले उदासिनता देखाएको, अहिले सम्म कुनै ठाँउ बाट सहयोग नजुटेको, सहयोग गर्छौं भन्ने हरुले पनि नदिएको, आफै पनि सहयोग को लागि लाग्न नसकेको ले समस्या भएको उनी बताउछन।

कलाकार संग सम्बन्धित धेरै संघ संस्था पनि छन र ती पनि उदासिन छन। सरकारले करोडौं सम्पती भएका, आफै उपचार गर्न सक्ने थुप्रै नेता र कार्यकर्ता लाई करोडौं रुपैया उपचार खर्च दिएको उदाहरण हामिमाझ ताजै छ, तर केदार घिमिरे र उनी जस्ता कलाकार उपचार नपाएर चट्पटिनु पर्ने नै हो त? यस्ता धेरै उदाहरण पनि छन।

आम जनता प्रती नेता कार्यकर्ता भन्दा कलाकार प्रती बढी सहानुभुती पनि छ, यो मात्रै होइन राज्यले कलाकार लाई त राष्ट्र को गहना भन्ने उपमा पनि दिएको छ, तर गहना के राज्यलाइ सुन्दरता प्रदान गर्न मात्र उपयोग गर्ने हो? गहना हुन भने राज्य को दाइत्व चैँ नहुने? राज्य ले गहना को उपभोग मात्रै गर्ने तर हामी छौं भन्ने अनुभूति दिलाउनु नपर्ने? सम्बर्धन र सम्रक्षण गर्नु नपर्ने? यी गम्भीर प्रस्न को उत्तर कस्ले दिने? राज्य का गहना कालाकार हुन तर राज्य उसको कोहि होइन भन्ने त होइन होला? तेसो भए किन उदासिन छ त राज्य? कि त उपचार नपाएर छट्पट्नु नपरोस, कि त सराकार ले भनोस “कलाकार राज्य का गहना होइनन”