भूकम्प पीडितको नाममा डेढ करोड ठग्ने एनजीओ संचालक पक्राउ - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

भूकम्प पीडितको नाममा डेढ करोड ठग्ने एनजीओ संचालक पक्राउ



१५ भदौ ,काठमाडौं । भूकम्प पीडितको नाममा डेढ करोड ठगेको आरोपमा एनजीओ संचालक पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआईबील बुद्धिष्ट जनाअधिकार मञ्चका अध्यक्ष सकुन शेरचन्द र महासचिव अमरकान्त चौधरीलाई पक्राउ गरेको हो ।

७० सालमा स्थापना भएको एनजीओको नाममा विभिन्न व्यक्ति तथा संस्थाहरुबाट तीन करोड जम्मा भएको थिषे । तर, संस्थाका पूर्व पदाधिकारीवीच विवाद भएपछि शेरचन्दले नक्कली सदस्यहरु बनाएर विषेश साधारण सभा गराएर कार्यसमितिलाई अवैध बनाएको आरोप लागेको छ ।

उनले चयन गरेको नयाा कार्यसमितिमा सकुन चौधरीलाई महासचिव र लिला लामालाई कोषाध्यक्ष बनाइएको छ । र, उनीहरुको हस्ताक्षर गराएर भूकम्प पीडितको नाममा एक करोड ६७ लाख ठगी गरेको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ठगीकै लागि अध्यक्ष, महासचिव र कोषध्यक्षको हस्ताक्षर चल्ने गरी प्रभु बैंकमा खाता खोलेको पाइएको छ ।