मधेसी मोर्चाले प्रधानमन्त्रीलाई अमेरिका जानबाट रोक्ने - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

मधेसी मोर्चाले प्रधानमन्त्रीलाई अमेरिका जानबाट रोक्ने



१ असोज, काठमाडौं । भारत भ्रमणबाट फर्किएलगत्तै अमेरिका भ्रमणमा जाने तयारीमा रहनुभएका प्रधानमन्त्री प्रचण्डलाई अमेरिका भ्रमणमा नजान संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले दवाव दिने भएको छ ।

असोज २ गत भारत भ्रमणबाट फर्किएलगत्तै मोर्चाले देशभित्रको समस्या समाधान गर्नका लागि अमेरिका भ्रमण स्थगित गर्न दवाव दिने भएको अाजकाे नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

भारत भ्रमणअघि नै संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने आश्वासन दिएका प्रधानमन्त्री प्रचण्डले भारतबाट फर्किएलगत्तै प्रक्रिया अगाडि बढाउने आश्वासन दिएका थिए ।

भारत भ्रमणमा जानु अघिल्लो दिन बुधबार प्रधानमन्त्री प्रचण्डले प्रक्रिया अगाडि बढाउन केही प्राविधिक समस्या रहे पनि भारत भ्रमणबाट फर्किएलगत्तै प्रक्रिया अगाडि बढाउने प्रतिवद्धता जनाएका थिए ।

संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने प्रतिवद्धताअनुसार अमेरिका भ्रमण स्थगित गर्न मोर्चाले माग गर्ने भएको हो ।