माइक्रोसफ्टको लुमिया स्मार्टफोन उत्पादन बन्द हुने - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

माइक्रोसफ्टको लुमिया स्मार्टफोन उत्पादन बन्द हुने



स्मार्टफोन बजारको कडा लडाइँमा माइक्रोसफ्टको लुमिया रेन्जका स्मार्टफोनले खासै प्रभाव जमाउन सकिरहेका छैनन् ।

यहीँ असफलतााई आत्मसात गरी माइक्रोसफ्टले लुमिया रेन्जका स्मार्टफोनको उत्पादन बन्द गर्ने निर्णय गरेको छ । समाचार अनुसार आगामी डिसेम्बरदेखि लुमिया रेन्जका स्मार्टफोन माइक्रोसफ्टले उत्पादन गर्नेछैन ।

माइक्रोसफ्टका कर्मचारीलाई उधृत गर्दै प्रकाशित समाचार अनुसार डिसेम्बरमा उत्पादन बन्द गरेपनि उत्पादन भैसकेका र बजारमा पठाइसकिएका लुमिया स्मार्टफोन भने बिक्रि गरिनेछ ।

एक समय थियो, जहाँ लुमिया रेन्जका स्मार्टफोनलाई एप्पल तथा सामसुंगका डिभाइसपछि स्मार्टफोन मार्केटमा तेश्रो ठूलो खेलाडिका रुपमा लिइएको थियो । स्मार्टफोनको नयाँ युजर इन्टरफेस तथा विन्डोज अपरेटिंग सिस्टम प्रभावकारी पनि थियो । तर उपभोक्ता यसतर्फ आकषिर्त भएनन् र यसले बजार हिस्सा तथा बिक्रिमा खासै प्रभाव जमाउन सकेन ।

माइक्रोसफ्टले यस ब्राण्डलाई नोकियाबाट खरीद गरेपछि नयाँ रेन्जका स्मार्टफोन सार्वजनिक गरेको थियो । लुमिया ९५०, ९५० एक्स एल, ६५०, ६५० एक्सएल, ५४० तर ६४० एक्सएल नामका स्मार्टफोन माइक्रोसफ्टले बजारमा ल्यायो । तर यी फोन एप्पल तथा एन्ड्रोइड फोनको अगाडि टिक्न सकेनन् ।

लुमिया ब्राण्डको समापनसँगै माइक्रोसफ्ट कम्पनी अब सर्र्फे ब्राण्डको स्मार्टफोनमा केन्दि्रत हुन चाहन्छ । आगामी अक्टोबरमा सर्र्फे ब्राण्डको नयाँ स्मार्टफोन सार्वजनिक गर्ने योजना छ उसको ।

माइक्रोसफ्टले अहिले धमाधम सर्र्फे स्मार्टफोनमा काम गरिरहेको र यो स्मार्टफोन ८ जिबी र्याम तथा स्नापड्रागन ८३० प्रोसेसरले युक्त हुनेछ ।