माओवादी मन्त्रीहरुको सपथ आजै, कांग्रेसले अझै नाम पठाएन - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

माओवादी मन्त्रीहरुको सपथ आजै, कांग्रेसले अझै नाम पठाएन



३० साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार तेस्रो पटक मन्त्रिपरिषद विस्तार गर्दैछन् । उनले माओवादीका पाँच मन्त्रीहरुलाई समेटेर मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन् ।

नयाँ मन्त्रीहरुको सपथग्रहण राष्ट्रपति कार्यालय शितल निवासमा दिउँसो तीन बजे तय भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

आइतबार माओवादीका जनार्दन शर्मा (प्रभाकर), हितराज पाण्डे, राम कार्की, डिआर पौडेल र अजयशंकर नायक मन्त्रीका रुपमा थपिँदैछन् । प्रभाकरले उर्जा, कार्कीले सञ्चार, पाण्डेले स्थानीय विकास, पौडेलले शिक्षा र नायकले कानुन मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।

माओवादीबाट यसअघि नै कृष्णबहादुर महरा उपप्रधान तथा अर्थ, दलजीत श्रीपाइली युवा तथा खेलकुद र गौरीशंकर चौधरी कृषि मन्त्री छन् ।

नेपाली कांग्रेसले मन्त्रीहरुको नाम पठाउन ढीला गरेकाले प्रचण्डले माओवादीका मन्त्रीहरुलाई मात्रै समेटेर मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन् । नेपाली कांग्रेस नेविसंघको महाधिवेशनमा व्यस्त भएकाले मन्त्रीहरुको नाम छनोट गरेको छैन ।