रवी लामिछानेको मुद्दा भन्दै भाइरल बनाइएको हल्ला झुटो - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

रवी लामिछानेको मुद्दा भन्दै भाइरल बनाइएको हल्ला झुटो



काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अमेरिकामा मुद्दा भन्दै हाल सामाजिक सञ्जालमा भाइरल बनाइएको सुचना झुटो भएको खुलेको छ ।

यसबारेमा बोल्दै अमेरिकामा आफ्नो मुद्दा, ऋण र सम्पत्ति बाँकी नरहेको रवी लामिछानेले बताएका छन्। अमेरिकाका विभिन्न राज्यमा रवीविरुद्ध ९ वटा मुद्दा लागेको भन्दै हाल सामाजिक सञ्जाल रंगिएको छ ।

अमेरिकामै रहेका कानुनका जानकारहरूले समेत अमेरिकामा आफ्नो जायजेथा बेच्दा सबै ऋण नतिरी बेच्न नपाइने बताएका छन् भने रवी स्वयंले समेत यसको स्पष्टिकरण दिएका छन् । उनले यो दुनियाँमा आजका मितिसम्म आफ्नोविरुद्ध कुनै मुद्दा बाँकी नभएको जनाएका छन्।

केही अमेरिकी बैंकले लामिछानेलाई प्रतिवादी बनाएर मेरिल्यान्ड राज्यमा मुद्दा दर्ता गरेको र समग्रमा उनीविरुद्ध ९ वटा मुद्दा दर्ता भएको भन्ने बारे सोसल मिडियामा भाइरल भएको बेला उनले आफूविरुद्ध कुनै मुद्दासमेत बाँकी नरहेको बताएका हुन्।

लामिछानेले भनेका छन्, ‘अमेरिकामा आफ्नो जायजेथा बेच्दा, सबै ऋण नतिरी बेच्न मिल्दैन। मैले सबै तिरोतारो सकिसकेंको छु। न मेरो ऋण बाकी छ न मेरो नाममा कुनै सम्पत्ती नै छ। प्रक्रिया त सबैले पूरा गर्नु पर्छ।’

उनले अगाडी भनेका छन्, ‘ओपन’ लेखिएको एउटा केसमा तिर्नु पर्दैन भनेर वादीले नै फिर्ता गरेको Voluntary Dismissed लेखेकै छ । यी सबै मेरो ब्यवशायसँग सम्बन्धित क्रेडिटर र भेन्डरसँगका विषय हुन्। मैले बरु बक्यौता तिर्ने तर सके सम्म कम तिर्ने सोच राखेको चाहिँ हुँ।भागेको, लुकेको, ठगेको केही पनि होइन।’

उनले आफ्ना शुभचिन्तकहरू धेरै भएको र धेरै वर्ष अगाडीका यस्ता कुरा खोजेर ल्याएकोमा धन्यवाद समेत दिएका छन् । त्यतिमात्र होइन उनले यस्ता विषय आफूले विर्सेको भएपनि खोजेर सहयोग गर्न आग्रह गरेका छन् ।