रुपेन्देहीमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

रुपेन्देहीमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु



रुपन्देही, मंसिर १ – रुपन्देहीमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको ज्यान गएको छ ।  पूर्व–पश्चिम राजमार्ग अन्र्तगत रुपन्देहीको सैनामैना–७ बुद्धनगरमा लु११प ९८९ नम्वरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री रुपन्देही गढवाका ६० वर्षे इन्द्रबहादुर रेश्मीको ज्यान गएको प्रहरीले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका रेश्मीको उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा ज्यान भएको हो । मोटरसाइकल र चालकलाई प्रहरीले पक्रेको छ ।