लिसेस्टरलाई हराउँदै म्यानचेष्टर युनाइटेडले जित्यो उपाधि - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

लिसेस्टरलाई हराउँदै म्यानचेष्टर युनाइटेडले जित्यो उपाधि



काठमाडौं । प्रिमियर लिग च्याम्पियन लिसेस्टरलाई हराउँदै म्यानचेष्टर युनाइटेडले कम्युनिटी सिल्डको उपाधि जितेको छ ।

आइतबार राति भएको खेलमा युनाइटेडले लिसेस्टरलाई २-१ गोल अन्तरले हराएको हो । यससँगै माउरिन्हाले उपाधिका साथ युनाइटेडको प्रशिक्षण यात्रा थालेका छन् ।

खेलमा युनाइटेडले ३२ औं मिनेटमा जेसे लिनगार्डको गोलबाट अग्रता लिएको थियो । तर, ५२ औं मिनेटमा जेमी भर्डीले बराबरी गोल फर्काए ।

खेल सकिन सात मिनेट बाँकी छँदा जाल्टन इब्राहिमोभिचले म्यानचेष्टर युनाइटेडका लागि विजयी गोल गरे ।