वर्षमा २ पटक आउँछ डिभोर्सको मौसम ! होसियार - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

वर्षमा २ पटक आउँछ डिभोर्सको मौसम ! होसियार



जाडो, गर्मी, वर्षा, हिउँद जस्तै दाम्पत्य जिवनमा आउने उतारचढाव र सम्बन्ध विच्छेदको पनि मौसम हुन्छ । अमेरिकी शोधकर्ताहरुका अनुसार एक वर्षमा दुइ पटक डिभोर्सको मौसम आउँदछ ।

वाशिंटन विश्वविद्यालयमा समाजशास्त्रकी सहप्राध्यापक जूली बि्रन तथा विद्यावारिधीका शोधार्थी ब्रायन सेराफनीले गरेको अध्ययन अनुसार वर्षमा २ याम सम्बन्ध विच्छेदको लागि निकै उर्वर समय हुन् ।

सम्बन्ध विच्छेदको पहिलो मौसम मार्च महिनामा आउँछ भने दोश्रो अगष्ट महिनामा । सम्बन्ध विच्छेदको मौसमको अर्थ त्यो महिनामा सम्बन्ध विच्छेदका घटना सबैभन्दा धेरै हुन्छन् ।

वाशिंटनमा सन् २०११ द्येखि २०१५ को बीचमा दर्ता भएका डिभोर्सका निवेदनको विश्लेषण गरी यस्तो निष्कर्ष निकालिएको हो ।

अमेरिकामा गर्मी तथा जाडोको विदा पछिको समयमा डिभोर्सका घटना धेरै हुने गरेका छन् । डिभोर्सका घटना यसरी एक्कासी बढ्नुबाट परिवारको व्यवहारलाई समेत बुझ्न सकिन्छ ।

शोधकर्ता बि्रन्सका अनुसार जाडो तथा गर्मीको विदा पारम्परिक रुपले परिवारको एक पवित्र समय हो । विदाको समयमा डिभोर्सको निवेदन दिन अनुुचित मानिन्छ र  निषेध नै गरिएको हुन्छ । त्यसैले विदा सकिएसँगै सम्बन्ध विच्छेदका निवेदन ह्वात्तै बढेको हुनसक्छ ।

धेरै मानिसहरु आफ्नो वर्षभरीको निरासालाई भुलेर वर्षदिनमा पाइएको छुट्टीमाथि धेरै आशा राखेका हुन्छन् र निकै उत्साहित हुन्छन् ।

विदाको यो समयमा उनीहरुले जिवनको नयाँ सुरुवात गर्न चाहन्छन् । कतिपय दम्पत्तिको लागि यो छुट्टी भावनात्मक रुपमा महत्वपूर्ण हुन्छ भने कसैका लागि तनावपूर्ण । छुट्टीकै समयमा दाम्पत्य सम्बन्धमा तनाव उत्पन्न हुने तथा असन्तुष्टि पैदा हुन थाल्दछ ।

त्यसरी विदा सकिएपछि तथा बालबच्चाको स्कुल सुरु हुनुअघि अगष्ट महिनामा डिभोर्सका लागि निवेदन दर्ता गर्छन् धेरैले ।