श्वास गन्हाउनुका मुख्य ६ कारण र छुट्कारा पाउने उपाय - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

श्वास गन्हाउनुका मुख्य ६ कारण र छुट्कारा पाउने उपाय



badbreath swas ganhaune

तपाईले भोग्नु भएकै होला, कोही मानिसको मुख निजक गयो भने, हसक्क गन्हाउछ । यो धेरैको समस्या बनेको छ । यस्तो समस्या धेरै मान्छेमा पाईन्छ । युवादेखि वृद्धहरुसम्म यो समस्याबाट ग्रसित देखिन्छन् ।

श्वास गन्हाउने बिभिन्न कारणहरु छन् । ती कारण पहिल्याएर बानी व्यवहारमा परिवर्तन गर्न सकियो भने यो समस्याबाट छुट्कारा पाउन सकिन्छ । तीमध्ये श्वास गन्हाउने केही कारण र त्यसबाट छुट्कारा पाउने केही उपायहरु हामीले तल उल्लेख गरेका छौँ ।

१. खाना
प्याज, लसुन, चिज, अम्लयुक्त खानेकुरा, कफि आदिको सेवनले पनि अस्थायी रुपमा मुख गन्हाउने गर्छ । यो कुरा तपाईलाई पनि थाहा हुनुपर्छ । यस बाहेक विभिन्न खानेकुराहरु दाँतमा अड्किने हुँदा मुखमै रहन्छन् । जसका कारण सुक्ष्म जिवाणु अनुकुल वातावरण सिर्जना हुन्छ र मुखलाई हानी पु¥याउनुका साथै गन्हाउने समस्या निम्त्याउने हुन्छ ।

२. सूर्तिजन्य पदार्थको सेवन
चुरोट, खैनी बिंडी, पान, गुट्खा लगायतका सूर्तिजन्य पदार्थको सेवन गर्नाले पनि श्वास गन्हाउने सामस्या आउन जान्छ । यी पदार्थले विभिन्न रोग निम्त्याउने पनि गर्छन् । गिजाका रोगहरु, मुखको क्यान्सर आदिका कारण पनि मुखबाट नराम्रो गन्ध आउने हुन्छ ।

३. मुखको सरसफाईमा ध्यान नदिनाले
नियमित रुपमा दाँत नमाझेमा, मुख कुल्ला नगरेमा पनि मुखबाट गन्हाउन सक्छ । मुखमा दन्तलेउ र दन्तपत्थर जम्मा हुन थालेमा पनि श्वास गन्हाउने समस्या बढी हुन्छ ।

४. अन्य रोगहरु
पिनाशको रोग, निमोनिया, गलाको संक्रमण, डायबिटिज, पेटका रोगहरु, कलेजोका रोगहरु, मृगौलाका रोगहरु आदि भएको अवस्थामा पनि मुख गन्हाउने समस्या देखिने गरेको पाइन्छ ।

५. मुख सुक्खा भएमा
मुखमा ¥यालको ग्रन्थिबाट ¥याललको मात्रामा कमी भएपछी मुख सुक्खा हुन गई छिन–छिनमा पानी तिर्खा लाग्ने, घाँटी सुक्खा भएको महसुश हुने, नाक सुक्खा हुने गर्छ । साथै सुक्खा मुख भएका मानिसलाई श्वास गन्हाउने समस्याले पनि सताउने गर्छ ।

६. गर्भावस्थामा
गर्भवती हुनाले नै मुख गन्हाउने भन्ने हुँदैन तर यस कारण वाकवाकी लाग्ने, उल्टी हुने, शरिरमा पानीको मात्रा कम हुने, शरिरभित्रको रसायनिक तत्व वा हार्मोनको कारणले गर्दा श्वास गन्हाउने गर्छ ।

यस्तो समस्याबाट छुट्कारा पाउन के गर्ने त ?
दिनमा दुईचोटी दाँत माझ्नुका साथसाथै जिब्रोलाई पनि सफा राख्नु अत्यावश्यक छ । खानेकुरालाई दाँतमा फस्न नदिने ।

दिनमा पटक–पटक पानी पिउने, जाइलिटोल भएको चिनी रहित गुद चपाउने, मुख कुल्ला गर्ने औषधी प्रयोग गर्ने, अम्लयुक्त खानेकुराको सेवन कम गर्ने गरेमा पनि निकै फाइदा हुने गर्छ । कफि लगायत अन्य क्याफीन भएका पेय पदार्थको सेवनमा पनि कमी ल्याउनु होला ।

यो आफैंमा कुनै रोग नभएर यसले शरिरको अर्को कुनै अवस्थाको बारेमा जानकारी दिने भएकाले यो समस्या देखा परेमा लापरवाही नगरिकन नजिकैको दन्तचिकित्सकलाई देखाउनुहोला ।

यसबाट आउन सक्ने थप समस्याहरु बाट पनि बच्नुहोला । सुन्नमा सानो सामान्य लागेपनि यसले भबिष्यमा जटिल समस्याहरु निम्त्याउन सक्छ ।