संबिधान संसोधनमा हिन्दुराज्य पुर्नस्थापना : कमल थापा - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

संबिधान संसोधनमा हिन्दुराज्य पुर्नस्थापना : कमल थापा



राप्रपा नेपालका अध्यक्ष कमल थापाले अब हुने संबिधान संसोधनमा हिन्दुराज्य पुर्नस्थापना गरि धर्मनिरपेक्षता खारेज गर्न माग गर्नुभएको छ । मधेशबादीदलहरुको चाहनाअनरुप संबिधान संसोधन भए आफूहरुको यो मुद्धा पनि संबोधन गर्नुपर्ने अडान दोहोर्याउनुभएको हो ।Kamal-Thapa_
प्रदेश स्तरिय प्रशिक्षणका लागि बुटवल आइपुगेका थापासंग राप्रपा नेपालले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले संसोधनमा नभए जनमत संग्रहमा जान पनि तयार रहेको उल्लेख गर्नुभयो ।

पुर्व उपप्रधानमन्त्री समेत रहेका थापाले अहिलेको सरकारले १ महिना सम्म पनि मधेशबादी दलहरुको माग सम्बोधन गर्न नसकेको आरोप लगाउनुभयो ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहिबार संसदमा गरेको संबोधन सस्तो लोकप्रियताका लागि मात्र भएको टीप्पणी समेत गर्नुभयो ।

सरकारले तीन तहको निर्बाचनका लागि प्रयाप्त रुपमा तयारी नगरेको उहाको आरोप छ ।

दलहरुबिचमा सहमति नभए संबिधान संसोधन हुन नसक्ने भन्दै थापाले कांग्रेस,माओबादी र मदेशबादी दलहरुले मात्र दुइ तिहाइ बहुमत पुर्याउन नसक्ने उहाको धारणा छ ।

संसोधनका लागि कित एमाले कि त राप्रपा नेपाल नै चाहिन्छ उहाको भनाइ छ । सरकारले अहिलेसम्म आफ्नो दलसंग कुनैप्रकारको छलफल नै नगरेको थापाले बताउनुभयो । देशमा समयमै निर्बाचन नभए संबैधानीक रिक्तता आउने भन्दै त्यसो भए मुलुक दुर्घटनातर्फ धकेलिने थापाको भनाइ छ ।

source:nagarikawaj