हिन्दुत्व राष्ट्रको गौरब हो ! संरक्षण गरौं - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

हिन्दुत्व राष्ट्रको गौरब हो ! संरक्षण गरौं



योगेन्द्र गौतम
हिजो नेपाल हिन्दु राष्ट्र थियो । धेरै परिबर्तनहरु भए हिन्दु राष्ट्र परिवर्तन भएको थिएन । २००७ सालमा राणा बिरुद्धको जनक्रान्ती हुदा पनि हिन्दुहरुको मनोबल बढेको थियो र राणा शासनको अन्त्य भएको थियो । तेतिखेर हिन्दु हरु आफुलाइ गर्व गर्थे । २००६ सालमा स्थापित कम्युनिस्टहरू पनि हिन्दु नै थिए । गाउँ घरका केही बजारहरुमा चुरा पोते बेच्न केही मुसलमान हरुलाइ त्याहा लगेर राखिएको थियो ।त्यो पनि केही मात्रामा । क्रिश्चियन हरुको त नाम सुन्न पनि पाइदैन्थियो । गौतम बुद्ध नेपालमा जन्म लिए । उन्को बुद्धिस्ट ज्ञान प्राप्तले बुद्ध धर्मको सुरुआत भयो । बुद्ध एक माहान समाजिक चिन्तन ब्याक्ती थिए । उनका उपदेशहरु मानव कल्याणकारी थिए ।

हिन्दु धर्म ग्रन्थ बेद गीता श्रीमद्भागवत देबि पुराण देखि कर्मकाण्ड गरिन्थियो र अहिले पनि गरिन्छ । जननायक बि पी कोईराला जन निर्बाचित प्रतिनिधिबाट प्रधानमन्त्री बन्दा सबै हिन्दुहरुमा जोस उमंग हौसला बढेको कुरा बुढापुरानाहरु अहिले पनि बताउछन । २०१७ साल पश्चात पन्चायतले हिन्दु धर्मको सम्मान गर्यो । हुनत पन्चायतमा हिन्दु धर्मप्रति अन्योचित प्रचार गरियता पनि हिन्दु धर्म भित्रको स्वतन्त्रता आम नेपाली जनतामा थिएन भन्दा अन्पयुक्त नहोला । २००४६ पश्चात बहुदलीय प्रजातन्त्र आयो र हिन्दु राष्ट्र नै रहयो ।

२०५२ सालमा जन्मेको माओबादी पनि पहिला पहिला धर्म निर्पक्षता तिर खासै देखिद्न्थियो उनिहरु पनि हिन्दु नै थिए र अहिलेपनी अधिकान्स हिन्दुमै छन । जब दिल्लीमा बाह्रबुदे समझदारी मओबादी र ७ राजनीतिक दल बिच भयो तेतिखेर पनि धर्म निर्पक्षताको माग थिएन । शान्ति सम्झौता भए लगतै माओवादी सांसद मा पुग्यो तब उस्ले अनेक परकारका जनताको हित बिपरित मागहरू उठाउदै गयो । कांग्रेसका केही नेता र एमालेका केही नेता मओबादिको माग सम्बोधन गर्न तत्कालीन प्रधानमन्त्री स्वर्गीय गिरिजा प्रसाद कोइरालालाई दबाब दिएकै कारण र शान्तिका लागि स्वर्गीय कोईरालाले केहिहद सम्म लचक्ता अप्नाउनु पर्यो । यसै लचकता लाई आधार बनाएर जनहित भन्दा बिपरित गलत मागहरु राखदै गए । माओबादी आफ्नो रणनीतिमा सफल रहयो । तर जनताले धेरै घुमाए ।

२०६२ ,६३ को आन्दोलन राजतन्त्रको खिलापमा र गणतन्त्र को पक्षमा रह्यो । राजतन्त्र प्रती जनताले असुन्तुष्टी प्रकट गरे । तर धर्मको बिषयमा भने आन्दोलन भएको होइन । देशमा ८५% हिन्दुहरुको समर्थन हिन्दु राष्ट्रका लागि थियो ।तर पनि राजनितिक दलहरुले जनताको गर्दनमा खुकुरी राखेर खाए खा न खाए वाक जसतै गरि धर्म निरपेक्षता लाधियो ।
संविधान जारी हुनु एउटा खुसिको पाटो थियो तर संविधानमा देशलाई आम नेपाली जनताको इच्छा बिपरित धर्म निरपेक्षता राष्ट्र बनाउनु निकै दुखत थियो । एकपटक राजनीतिक दलहरूले सोच्नु पर्थियो ।

माओबादीका केही नेताहरू क्रिश्चियन धर्मप्रतिको लगाबले आम माओबादी कार्यकर्तामा नकारात्मक असर पर्यो । माओबादी अध्यक्ष प्रचण्ड , बरिस्ठ नेता नया शक्तिका बाबुराम भट्टराई र माओवादीकै कृष्ण महरा आफ्नो हिन्दु धर्म परिबर्तन गरि क्रिश्चियन धर्ममा समाहित भएको आरोप लाग्यो । हुनत यिनिहरु डलरमा बिकेको र राष्ट्रलाल क्रिश्चियन मुखी बनाउन तल्लिन रहेको प्रष्ट देखियो ।

अहिले हिन्दुधर्मालम्बिहरुको जागरुक्ता बढेको छ ।आफ्नो धर्म संस्कृति परम्परा पहिचान हरुको समरक्षण र स्थाइत्व खोजिरहेका छन ।

राष्ट्रले अब जनताको बिचारको सम्मान गर्नै पर्छ । जनता के चाहान्छन जान्नु राज्यको कर्तब्य हो । आज बिश्वका १६० देश धर्मको नाउम आफुलाइ संयुक्त राष्ट्र संघमा आफुलाइ प्रस्तुत गरेका छन र ती देश्मा धर्म निरपेक्षता छैन के तिनी देशहरु पनि गलत हुनत एकपटक सबैले सोचौ ।

धर्म र संघियताको विषयमा जनतामा , जनताको बिचारकालागी जनमत संग्रहमा जानुको बिकल्प छैन ।