होस गर्नुस ! दिल्ली देखि नेपालमा सवारी ओसारपसार गर्नुहुन्छ ? यसरी फसिएला - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

होस गर्नुस ! दिल्ली देखि नेपालमा सवारी ओसारपसार गर्नुहुन्छ ? यसरी फसिएला



गोबिन्द पोख्रेल, नयाँ दिल्ली । प्रवासी नेपालीहरुलाइ सुलभ र सरल तरिकाले गन्तब्य सम्म पुर्याउने मनशायले मालिकका गाडी चलाउदा चलाउदै आपैm मालिक बनेर काम गर्न थालेको १६ बर्ष भयो ।

आफु मात्र कहा हो र ? हाम्रो टिममा अहिले दर्जनौ म जस्तै मानिसहरुको सन्जालमा ऐक्यबद्धता अनुरुप कार्यगत एकतामा हामीले काम गरीरहेकाछौ । नेपाल भारत एवं भारत नेपाल आवागमनमा प्रतिष्ठित टुर एण्ड ट्रावल्स सुपा देउराली टुर एण्ड ट्रावल्समा आबद्ध भएर काम गर्दै गर्दा हामीले को के ? भन्ने भावना भन्दा पनी प्रवासी नेपालीलाइ गन्तब्यसम्म पुर्याउने लक्ष्य अनुरुप काम गरिरहेकाछौ ।

तर कसरी चिन्नु को चोर हो ? को आतंकवादी हो ? को वास्तबिक समस्यामा छ ? जो जे भएपनी आफ्नो समस्या देखाउने अनी गन्तब्यका लागी अनुरोध गर्ने गर्छन । हाम्रो काम नै त्यहि जुन नगरी हुदैन । यहा कमाएको पैसाले छोरा–छोरीको लालन पालनदेखी घरका सबै खर्चहरुमा सहभागी नभए घर चल्दैन, यावत कुराहरुको वेलिबिस्तार लगाउदै गुनासो गर्दै थिए । सुपा देउराली यातायातका संचालक मध्येका एकजना राजु कुँवर ।

मैले  के भयो र राजु भाइ फोनमा यति धेरै लामो कुरा गर्दै हुनुहुन्छ ? भनेपछी उनले आफु घटित घटनाबारे जानकारी गराउदै भने, म निर्दोष मानिस हरियाणाको पुलिस रिमाण्ड पछी आज चार दिनमा दिल्ली फर्के ।

उनको भनाइ अनुसार कुरो के रहेछ भन्ने जिज्ञासामा उनकै भनाइ अनुसार तयार पारीएको वास्तबिक रिपोर्ट :– म जम्मु कश्मिर देखी हो राजु सर । मलाइ नेपाल जानुछ । मलाइ आज साँझ नै गाडीको बन्दोवस्त गरिदिनुपर्यो । आज साँझ त कुनै गाडी छैन हजुर । भोलि विहान बस जादैछ । ८ बजेसम्म आउनोस ।

लाजपतनगर, हाम्रो कार्यालयमा । हैन सर, मलाइ छिट्टै जानुछ, घरमा केहि अर्जेन्सि पर्यो । म भोलि विहान ६ बजे नै त्यहा आउछु । मलाइ सिंगल गाडी गरेर पठाउनु पर्यो । लागेको पैसा म दिन्छु । अब गोबिन्द सर, हुन सक्छ । घरमा केही आपद परेर पो हो कि भन्ने लागेपछी हामीले धेरै कुरा गरेनौ ।

गाडी गराएर हाम्रो गाडीले महेन्द्रनगर सम्म छोडेर आयो । आएको १० दिनपछी म सँग भएको फोन वार्ता बमोजिम हरियाण पुलिसले बोलाएर रिमाण्ड लिने काम गर्यो । ल भन्नुस यसमा मेरो के दोष ? तर राजु भाइ त्यो हतारमा जाने मानिसले के बदमासी गरेको रहेछ त ? अब कुरा वास्तबिक गरौ, भन्ने मेरो जिज्ञासामा कुँवरले भने, चार लाख रुपैया हरियाणको भिवाडी भन्ने ठाउबाट चोरी गरेर भागेको रहेछ ।

उसलाइ छिट्टै नेपाल छिर्नुपर्ने त्यसो हुदा हतारमा ऊ सिंगल गाडी गरेको रहेछ । थानामा तपाइ कत्तिको दवाब श्रृजना गरियो ? हैन केवल सोधपुछ मात्र गरियो । सुपा देउरालीका संचालक समितिका साथीहरु अध्यक्ष हरि भट्टराइ सहित टोली त्यहा जानु भयो ।

नेपाली जन सम्पर्क समितिको पूर्ण सहयोगमा म सहि तरिकाले दिल्ली आइपुगे । अन्तमा केही भन्नु छ ? छ नी गोबिन्द सर, तुलाराम शर्मा, दिल खत्री, सुबोध पोख्रेल र रमेश बि. क. सहित जन सम्पर्क समितिका साथीहरु अनी सुपा देउराली टुर एण्ड ट्रावल्सका सबै साथीहरु र तषाइ लगायत मिडियाका अन्य साथीहरुले मलाइ रिहा गर्न खेलेको भुमिकाप्रति आभारी छु र धन्यवाद दिन चाहान्छु ।